झापा/  झापाको बिर्तामोड नगरपालिका–१मा ट्रकको ठक्करबाट पैदलयात्री यामनाथ रायको ज्यान गएको छ। गएराती ट्रकको ठक्करबाट घाईते भएका रायको उपचारका क्रममा बिहान ४बजे ज्यान गएको हो।

पूर्वपश्चिम रचजमार्ग अन्तरगत बिर्तामोड सडक खण्डमा मे.१ ख १९५२ नम्वरको ट्रकको ठक्करबाट गम्भिर घाईते भएका झापाको शिवसताक्षी–१० का ४० बर्षीय यामनाथ रायको ज्यान गएको हो।

दुर्घटनामा गम्भिर घाईते भएका रायलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बि.एण्ड सि.अस्पताल लगिएकोमा उपचारको क्रममा मंगलबार बिहान पौने ४ बजे ज्यान गएको झापा प्रहरीलाई उद्यृत गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

रायलाई ठक्कर दिने ट्रक र ट्रकका चालक इलामको सन्दकपुर–३ का रोशन लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।