संखुवासभा/ संखुवासभाको मकालु गाउँपालिका–३ बाट अवैध जडीबुटी जन्य वनस्पति बोकेको ट्रयाक्टरसहित चालक पक्राउ परेका छन्। ना.७ त ५६२१ नम्वरको ट्रयाक्टरसहित खाँदबारी ३का अनिल दर्जी पक्राउ परेका हुन्।

सोमबार(हिजो) दिउँसो सवा १२बजे कोशी राजमार्ग अन्तरगत मकालु–३ सडक खण्डमा इलाका प्रहरी कार्यालय हेदङनाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा च्यामताङबाट संखुवासभाका लागि छुटेको ना.७ त ५६२१ नम्वरको ट्रयाक्टरको डालामा त्रिपालले छोपेर लाँदै गरेको धुपी १४८.८३८ किलोग्राम, पाखनवेद ७१ किलोग्रामसहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको संखुवासभा प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिएको अवैध बनस्पति, ट्रयाक्टर र चालक संखुवासभा खाँदवारी नगरपालिका–३ का २३बर्षिय अनिल दर्जी समेतलाई थप अनुसन्धानको लागि मकालु बरुण राष्ट्रिय निकुञ्जमा बुझाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।