केराबारी/ राष्ट्रकै ठुलो पार्टी नेकपा एमालेको जनबर्गीय संगठन राष्ट्रिय यूवा संघ दुखी र निसहायको सेवामा तल्लिन छ। जनतामा अतिनै प्रिय बनिरहेको पार्टी एमालेको साखलाई जनजनमा पुर्‍याउने क्रममा संघले बिभिन्न समयमा भईरहेका प्राकृतिक प्रकोप होस या महामारी आदिमा मल्हम लगाउने काम गर्ने गरेको छ। दुखी एवं निसहायहरुको सेवा गर्नु राष्ट्रिय यूवा संघले आफ्नो कर्तब्य नै ठान्ने गरेको छ।

यसैक्रममा राष्ट्रिय यूवा संघ केराबारीले केराबारी ९का हात्तीपिडित परिवारलाई आर्थिक सहयोग गरेको छ। राष्ट्रिय यूवा संघ केराबारीको टोलीले हात्तीपिडित अस्मिता राई र प्रतिमा लिम्बुको परिवारलाई आर्थिक सहयोग गरेको हो। ssss

गत मंसिर २९ गते केराबारी ९ देविझोडाको दुई घरमा जंगली हातीले आतंक मच्चाउँदा भाग्ने क्रममा घाईते भएका अस्मिता र प्रतिमाको परिवारलाई थोरै भएपनि उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले सदस्यहरु बीच जनही संकलन गरेर ३४ हजार ४ सय रुपैँया सहयोग गरेको हो। rrrr

साथै संघमा आवद्द यूवा जमातले घाईतेहरुको अवस्था पनि बुझेको छ। घाईतेका परिवारले उनिहरुको उपचार संघीय राजधानी काठमाण्डौमा भईरहेको जानकारी गराएको छ।