इटहरी/ जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरीलाई सोमबार एउटा ‘सुचना’ प्राप्त हुन्छ। ‘सुचना’मा भनिएको हुन्छ ‘BR-50 –K 0149 नम्बरको मोटरसाईकलमा दुईजना हतियार कारोवारी भारतीय नागरीकहरु हतियार सहित नेपाल आउदैछन’

त्यसपछि जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत सादा पोशाकका प्रहरी ‘मूभ’ हुन्छ। सादा पोशाकमा ‘मूभ’ भएको प्रहरीले कोशी गाउँपालिका १ लौकहीबाट २ नाल स्वचालित(Automatic)पेस्तोलसहित दुईजना भारतीय नागरीकलाई नियन्त्रणमा लिन सफल हुन्छ। IMG20211228085748

प्रहरीले भारतको अररिया जिल्ला बासमतिया -६बस्ने ३५बर्षीय बिद्यानन्द राम र सोहि ठाउँको वडा नम्बर २ का ३१ बर्षीय हसिम अन्सारीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरुको साथबाट दुईनाल पेस्तोलको साथमा ४ वटा म्यागजिन र ३ राउन्ड गोली समेत बरामद गरेको छ।

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता-२०७४ को परिच्छेद ६को हातहतियार तथा खरखजाना सम्वन्धी कसुरमा जिल्ला अदालत सुनसरीबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।