सुनसरी/ फैसला कार्यान्वयनका लागि जुटेको सुनसरी प्रहरीले चालु आर्थिक बर्षको हालसम्मको अवधिमा ५ सय ८८जनालाई नियन्त्रणमा लिएको छ। अपराध गरेर जति नै भागे पनि कानुनको दृष्टीबाट बच्न सकिदैन भनि सन्देश दिन सुनसरी प्रहरी सफल भएको छ।

चालु आर्थिक बर्षमा सुनसरी प्रहरीले अदालतबाट फैसला भई सकेका बिभिन्न मुद्दाहरुमा फरार रही बेरुजु कायम रहेका ५ सय ८८ जनालाई पक्राउ गरी सुनसरी प्रहरीले फैसला कार्यान्वयनमा आफ्नो भुमिका प्रस्तुत गरेको छ।

५ सय ८८ जनालाई पक्राउ गरी अदालत पेस गर्दा जम्मा १२० वर्ष ६महिना ५ दिन कैद र २८लाख २८हजार ३सय ९ रुपैँया जरिवाना बेरुजु फर्छ्यौट भएको सुनसरी प्रहरीले जनाएको छ।