इटहरी/ शिबसेना नेपाल सुनसरीले तत्कालिन राजा स्व.बिरेन्द्र शाहको ७७ जन्मजयन्ती मनाएको छ। शिवसेनाले स्व.बिरेन्द्रको ७७औँ जन्मजयन्ती बिविध कार्यक्रमका साथ मनाएको हो।

कार्यक्रमको शुरुआतमा तत्कालिन राष्ट्रिय गान ‘श्रीमान गम्भिर नेपाली प्रचण्ड प्रतापी भुपती’ गाईएको थियो। यसैगरी स्व.बिरेन्द्रको तस्विरमा माल्यार्पण गर्नुकै साथै दीप प्रज्वलन गरि मनाईएको छ।

बिहिबार अपरान्ह भएको कार्यक्रममा स्वस्ती बाचन पनि गरिएको थियो। कार्यक्रममा प्राध्यापक रोहित दंगालले राजा र देशको बोल्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा शिवसेना नेपालका सुनसरी जिल्ला अध्यक्ष हिरा आचार्यले इटहरीको मुख्य चोकमा तत्कालिन राजा बिरेन्द्रको शालिक राख्ने उदघोष गर्दै इटहरीबासीलाई साथ दिन आव्ह्वान गर्दै इतिहास मेटिए हामी मासिने बताउनुभयो।

हेर्नुहोस भिडियो :

उहाँले हिजोको गल्तीलाई स्विकारेर देश धर्म र राजा हाम्रो लागि अपरिहार्य हो भन्ने सन्देश दिदै कार्यक्रमको समापन गर्नुभएको थियो।