सुनसरी/ नेकपा (एमाले) सुनसरीले आफ्नो पार्टीबाट पाँच सयजना नेकपा(एकिकृत)मा प्रवेश गरेको भन्दै गरिएको प्रति आपत्ति जनाएको छ। एमाले सुनसरी अध्यक्ष खेमराज पोख्रेलद्वारा जारी बिज्ञप्तीमा आपत्ति जनाइएको हो।

बिज्ञप्तीमा केहि बिचारले स्खलित तथा पदलोलुप व्यक्तिहरु नेकपा(एस) नाम गरेको अबैधानिक पार्टीमा एमाले कार्यकर्तासहित पार्टी प्रवेश गरेको समाचार प्रति (एमाले) सुनसरीको गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ।

बिज्ञप्तीमा सँधै एउटै पदमा बसिरहन पर्ने आफूलाई केन्द्र बिन्दुमा राखेर न्याय र अन्याय छुट्याउन नसक्ने तथा एक कार्यकाल पद नपाउदैमा पहाड खसे जस्तो गर्ने, आफु सरहका कमरेडहरुको बिषयमा चिन्ता न गर्ने, आदि प्रवृत्ति बोकेका मान्छे नै नायक जस्तो भएर ५०० जना भन्दा बढी नेकपा(एमाले) का सदस्यहरुले पार्टी त्याग गरेको समाचार सम्प्रेषण गर्न लगाएको र प्रकाशन गर्ने दुवै प्रति खेद प्रकट गर्दछ भनिएको छ।gggggg

बिज्ञप्तीमा यस्ता समाचारले आन्दोलनको भट्टीबाट स्पात झै खरिएका नेता कार्यकर्तालाई कुनै फरक नपर्ने जानकारी गराउँदै पदलोलुप व्यक्तिहरुलाई नहुनु स्वभाविक रहेको उल्लेख गर्दै यस्ता कपोकल्पित, भ्रामक, तथ्यहिन र मनोगढन्ते समाचारको पक्षमा नलागी नेकपा (एमाले)को पक्षमा दृढतापूर्वक लाग्न आम पार्टी सदस्यहरु तथा शुभचिन्तकहरुमा हार्दिक अपिल गर्दछ भनिएको छ।

बिज्ञप्तीमा नेकपा (एमाले) को भर्खरै सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनको भव्य सफलता र त्यसले पारेको राष्ट्रिय र अन्तराष्ट्रिय प्रभाव, महाधिवेशनको सफल व्यवस्थापन र जनताको व्यापक उपस्थितीबाट हतास भएका शक्तिहरु नेकपा (एमाले)का बिरुद्ध गोयबल्स शैलीमा एमालेको बिरुद्ध दुष्प्रचार गरी रहेको बिधितै छ भनिएको छ।