इटहरी/ नेपाल खेलकुद महासंघ इटहरीको नगर कमिटि गठन गरिएको छ। सोमबार एक कार्यक्रमका बीच नगर कमिटि घोषणा गरिएको हो।

सोमबार एक कार्यक्रमका बीच ढुण्डिराज गुरागाँईको अध्यक्षतामा ६१ सदस्यीय नेपाल खेलकुद महासंघ इटहरी गठन गरिएको हो। समितिको उपाध्यक्षमा सुजन चौधरी र सचिवमा रोहित कोईराला चयन हुनुभएको छ। samiti

यस्तै कमिटिको सहसचिव र कोषाध्यक्ष भुगोलबाट चयन गरिने अध्यक्ष गुरागाँईले बताउनुभयो। यसैगरी सदस्यहरु भने इटहरीका सबै वडाहरुबाट प्रतिनिधित्व हुने गरी चयन गरिएको गुरागाँईले बताउनुभयो।

नवगठित कार्यसमितिका पदाधिकारीहरुलाई नेपाल खेलकुद महासंघका स्थायी कमिटि सदस्य सुरेन्द्र कार्कीले सपतग्रहण गराउनुभएको थियो।

कार्यक्रममा नेकपा एमाले इटहरी उपमहानगर कमिटि अध्यक्ष याम सुब्बा, नेपाल खेलकुद महासंघका केन्द्रिय प्रतिनिधी, खेलकुद महासंघका प्रदेश र जिल्ला कमिटिका प्रतिनिधीलगायतको उपस्थिती थियो।