मन्त्रिपरिषद् बैठकद्वारा उखुको समर्थन मूल्य निर्धारण

  • न्युजडेस्क
  • प्रकाशित मिति: पुष २१, २०७८

काठमाण्डौ/ सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल ५९० रुपैयाँ उखुको समर्थन मूल्य तोकेको हो ।

कृषि मन्त्रालयले सो मूल्य तय गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको थियो। सरकारले उखुको समर्थन मूल्य गतवर्षको भन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढाएको छ । तर किसानले भने ६५० रुपैयाँ तोक्न माग गर्दै आएका थिए ।

समर्थन मूल्यमध्ये ५२० रुपैयाँ उद्योगीले र ७० रुपैयाँ सरकारले अनुदान उपलब्ध गराउने छ । सरकारले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रतिक्विन्टल ५४४ रुपैयाँ ३३ पैसा निर्धारण गरेको थियो ।

सरकारले समर्थन मूल्य तोक्नु अघि नै किसानहरुले उद्योगहरुलाई उखु बेच्न सुरु गरिसहेका छन् । उखु किसानले उद्योगलाई दिएको उखूको मूल्य नपाएको भन्दै वर्षेनी आन्दोलन गर्दै आइरहेका छन् । 
-न्युज कारखाना


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2022 - Purbikhabar.com All rights reserved