इटहरी/ नेपालमा कोरोना भाईसको संक्रमण पुन बढिरहेको शन्दर्भमा इलाका प्रहरी कार्यालय इटहरीले ‘तपाँईको मास्क खोई ?’ अभियान पुनः शुरु गरेको छ। कोरोना भाईरसको अर्को भेरियन्ट ‘ओमिक्रोन’ले जनजीवन आतंकित बनाईरहँदा इटहरी प्रहरीले सचेतना बढाउन यो अभियान पुन शुरु गरेको हो। mask khoe

इटहरी प्रहरी प्रमुख खगेन्द्र खड्काले कोरोना भाईरसको संक्रमणबाट बच्न तथा जनमानसमा कोभिड १९बाट बच्न मास्कको उचित प्रयोग नै उत्तम उपाय हो भनेर बुझाउन ‘तपाँईको मास्क खोई ?’अभियान पुन शुरु गरेको बताउनुभयो। mask 2

‘तपाँईको मास्क खोई ?’ अभियानमा इटहरी प्रहरीले मास्क लगाउन अनुरोध गर्दै मास्क लगाउन उत्प्ररित गरेको थियो। यस्तै प्रहरीले सार्वजनिक स्थानहरुमा हिड्डुल गर्दा अनिबार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ। mask 3

मास्क लगाउँदा चिउँडोमा लगाउने हैन भन्दै नाकमुख र चिउँडो डम्म ढाकिने गरेर लगाउन अनुरोध समेत गरेको छ। मास्कको उचित प्रयोग गर्दा कोरोना भाईरसबाट बच्न सकिने भन्दै आँफुले आँफैलाई बचाउन सकिने उत्तम उपाय भनेको मास्कको उचित प्रयोग हो भनेको छ।