सुन्दरहरैँचा/ नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापति देवराज तामाङ्गले अव सबै कांग्रेसीलाई टोलटोलमा कांग्रेसको झण्डा राख्न निर्देशन दिनुभएको छ। सुन्दरहरैँचा ९मा टोल कमिटी गठन एवं पार्टी प्रवेश कार्यक्रममा क्षेत्रीय सभापति तामाङ्गले पार्टीमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै यसो भन्नुभएको हो।

उहाँले झण्डा राख्ने कामलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्ने भन्दै यसले कांग्रेसजनको भातृत्वको बिकास हुने बताउनुभयो। उहाँले झण्डाकै कारण एकआपसमा चिनिने हुँदा सहयोग आदान प्रदान गर्न अझ सहज हुने बताउनुभयो।

उहाँले नेपाली कांग्रेसमा आस्था राख्ने नगर र क्षेत्रभररीका सदस्यहरुको कुनै समस्या भए आँफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता जनाउँदै समस्या निराकरणका लागि आँफुले कुनै कसर नराख्ने बताउनुभयो। हेर्नुहोस भिडिओ :

यसैबीच नेपाली कांग्रेस क्षेत्र नम्बर ६ अन्तरगत सुन्दरहरैँचा नगरपालिका ९मा बिभिन्न पार्टी परित्याग गर्दै ४०जना कांग्रेस प्रवेश गरेका छन्। नेपाली कांग्रेसको टोल कमिटि गठन कार्यक्रममा उनिहरु कांग्रेस प्रवेश गरेका हुन्। dai 2

यस्तै स्थानीय श्यामप्रसाद भट्टराईको सभापतित्वमा २६सदस्यीय नागदेवी टोल समिति गठन गरिएको क्षेत्रीय सभापति देवराज तामाङ्गको सचिवालयले जनाएको छ।

स्थानीय ज्ञानबहादुर खड्का र मनोज अधिकारीको संयोजकत्वमा भएको सुन्दरहरैँचा वडा नम्बर ९नागदेवीटोल समिति गठन कार्यक्रमको सभापति शोभा आचार्य हुनुहुन्थ्यो। कार्यक्रममा स्थानीय जेष्ठ नागरीकहरुलाई सम्मान समेत गरिएको थियो। सम्मान कार्यक्रममा ९१बर्षीया बृद्दापनि सम्मानित हुनुभएको थियो। eee