सुन्दरहरैँचा/ नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोईरालाले सरकारले दण्डहिनतालाई प्रश्रय दिईरहेको बताउनुभएको छ। नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति मोरङ्ग क्षेत्र नम्बर ६ले गरेको पद हस्तान्तरण एवं प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कोईरालाले त्यसो भन्नुभएको हो।

उहाँले तीन बर्ष लगाएर सिआईबिले ललिता निवास जग्गा प्रकरणको मुद्दाको रिपोर्ट सरकारको वकिलले तीनघण्टामा त्यसलाई फिर्ता गरिदिएको भन्दै सरकारले दण्डहिनतालाई प्रश्रय दिईरहेको बताउनुभएको छ।

उहाँले देश नचलेको भन्दै कार्यपालिका अस्तब्यस्त अनि अलमलमा देखिएको, सरकार कति अलमलमा छ या अफ्ठेरोमा छ या जानीजानी के गरिरहेको छ भन्दै प्रश्न गर्नुभयो।

उहाँले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने र एक्लैले निर्वाचन जित्ने उद्घोष गर्नुभएको छ। अहिलेको गठबन्धन राष्ट्रिय सभाको निर्वाचनसम्म मात्र रहने भन्दै डा.कोईरालाले कांग्रेसको नेतृत्व जनभावना बिपरित नजानेमा आँफु बिश्वस्त रहेको बताउनुभएको छ। यदि नेतृत्व जनभावना बिपरित गएमा कांग्रेसजनले खबरदारी गर्नुपर्ने बताउनुभयो।

हेर्नुहोस भिडिओ :