इटहरी/ पौष २८ गते बिहान १ बजे इटहरी १९सूर्य टोलकी मदिका राईको घरमा राखेको प्रदेश १–०२–०४३ प.८६९९ नम्बरको स्कुटर चोरी भयो। घरमै पार्कीङ्ग गरेर राखेको स्कुटी चोरी भएपछि राईले इलाका प्रहरी कार्यालय इटहरी निवेदन दिनुभयो।

निवेदनको आधारमा इटहरी प्रहरीले खोजीको काम थाल्यो। खोजीका क्रममा स्कुटर सहित प्रहरीले इटहरी २०का जितबहादुर राई र दिनेश दर्नाललाई पक्राउ गर्‍यो। चोरीको स्कुटीसहित इटहरी प्रहरीले उनिहहरुलाई पक्राउ गरेको हो।

राई र दर्नाललाई बिहिबार राती साढे ८ बजे राई र दर्नाललाई इटहरी १९पटेर्वा चोकबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका सुचना अधिकृत केशव कटवालले बताउनुभयो।