सुनसरी/ सुनसरीको इटहरी उपमहानगरपालिकाले क्याम्पस तहमा अध्ययनरत दलित समूदायका बिद्यार्थीलाई दलित बिद्यार्थी शैक्षिक प्रोत्साहन (छात्रबृत्ति)प्रदान गरेको छ। आईतबार इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले प्रति बिद्यार्थी २४ सयका दरले आज ३८जना बिद्यार्थीलाई प्रोत्साहन प्रदान गर्नुभएको हो। news 1

उपमहानगरपालिकाले ६१जना दलित बिद्यार्थीका लागि एक लाख पचास हजार प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम अन्र्तगत आज आईतबार ३८ जनालाई प्रदान गरिएको हो। अन्यलाई अर्को दिन प्रदान गरिने बताइएको छ। news 2

दलित समूदायका बिद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन प्रदान गरिने उपप्रमुख गौतमले बताउनुभयो। यो बर्ष ६१ जना बिद्यार्थीले प्रोत्साहनका लागि आवेदन दिएका थिए। उपप्रमुख गौतमले उपमहानगरपालिकाले निशूल्क सञ्चालन गर्ने लोकसेवा तयारी कक्षामा भाग लिन समेत बिद्यार्थीलाई आग्रह गर्नुभयो।