इटहरी/ मेची अञ्चलको काँकडभिट्टाका बिश्वास उप्रेती चर्चित गायन रियालिटी शो नेपाल आईडलको उत्कृष्ट १०मा प्रवेश गरेका छन्। शुक्रबार प्रस्तुत कार्यक्रममा उप्रेती उत्कृष्ट १०मा परेका हुन्।

अगिल्लो साता प्रस्तुत गरेको प्रस्तुतीका आधारमा भएको भोटिङ्गबाट उप्रेती शुक्रबार उत्कृष्ट १०मा परेका हुन्। अघिल्लो साता प्रस्तुत भएको प्रस्तुतीबाट डेन्जर जोनमा परेका उप्रेती शुक्रबार भने सुरक्षित हुँदै उत्कृष्ट १० मा परेका हुन्। उनिसँगै डेन्जर जोनमा परेका दोश्रो गोल्डेन माईक बिजेता मदन गुरुङ्ग आउट भएका छन्।

मेची अञ्चलको काँकडभिट्टामा जन्मिएका उप्रेती सानै उमेरदेखि गायनमा रुची राख्दथे। घरमै सांगितिक माहौल भएका उप्रेतिका बुवा देवी उप्रेती पनि गित गाउँछन्। काँकडभिट्टामा बिश्वास एण्ड द ग्यालोज ब्याण्डमा आवद्व उप्रेती सो ब्याण्डका भोकलिष्ट पनि हुन्। पूर्वीखबरसँगको सम्बादका क्रममा उप्रेतीले १७ गते सोमबार दिउसो १२ बजेसम्म भोटिङ्ग खुल्ला रहने भएकोले आँफुलाई मोवाईलको म्यासेज बक्समा गएर 04 टाईप गरेर 37000 मा पठाई भोट गर्न आग्रह समेत गरेका छन्। Cell Pay डाउनलोड गरेर पनि भोट गर्न सकिने उप्रेतीले बताएका छन्। यस्तै बिदेशबाट भोट गर्न चाहनेहरुले Shristi App डाउनलोड गरेर भोट गर्न सकिने उप्रेतीको भनाई छ।

उप्रेतीसँगै नेपाल आईडलको उत्कृष्ट १०मा आदेश पौडेल, लक्ष्मी पौडेल, बेनिसा पौडेल, सुरेश लामा, सुमियान पाख्रिन, नाम्गेल तामाङ्ग, भुपेन्द्र थापा मगर, राजकुमार परियार र रञ्जित नेपाली पनि परेका छन्।