बराहक्षेत्र/ नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु सप्तकोसी क्याम्पस कमिटिले बराहक्षेत्रमा रहेको सप्तकोसी क्याम्पसमा अध्ययनरत ३१जना बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ। अनेरास्वबियुले आर्थिक अवस्था न्यून भएका एवं जेहेन्दार ३१ जना बिद्यार्थीलाई २लाख रुपैँया बराबरको छात्रवृत्ति प्रदान गरेको हो।

अनेरास्वबियुको क्याम्पस कमिटिले आफू निकट पार्टीका नेतासँग सहयोग संकलन गरेर बिद्यार्थीको भविष्य उज्ज्वल बनाउन लागि परेको हो। अनेरास्ववियु सप्तकोसी क्याम्पस कमिटी उपाध्यक्ष चित्रमान राईले कुनैपनि पार्टी घटक नछुट्याई खुल्लारुपमा सूचना गरि छात्रबृत्तिको फारम भर्न अनेरास्ववियुले अनुरोध गरेको बताएका छन्।

सहयोग गर्नेहरुमा नेकपा एमाले केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज जगदिश प्रसाद कुसियैत, बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल, बराहक्षेत्र ३ का वडाध्यक्ष रुद्रबहादुर दाहाल, नेकपा एमाले सुनसरी जिल्ला सदस्य सुरज भण्डारी, बराहक्षेत्र ४ का वडाध्यक्ष आशाराम चौधरी, नेकपा एमाले बराहक्षेत्र नगर कमिटी उपाध्यक्ष सीता भण्डारी (पौडेल) एवं स्थानीय नेताहरु देवेन्द्र बिष्ट, राजु अधिकारी, केदार बिष्ट, युवा व्यवसायी श्याम भण्डारीलगायतले आर्थिक सहयोग प्रदान गरेको क्याम्पस कमिटी अध्यक्ष सुरज भट्टराईले बताएका छन्।

शनिबार एमाले केन्द्रिय सदस्य जगदिश कुशियैतको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरेर छात्रवृत्तिका लागि नाम सार्वजनिक गरिएको हो।

STUDENT LIST
छात्रबृत्ति पाउने बिद्यार्थीको नामावली