इटहरी/ सुनसरीको इटहरीस्थित जनता माध्यमिक बिद्यालयलाई पुर्व बिद्यार्थी सुनिल बस्नेतले सातवटा ल्यापटप उपलव्ध गराउनुभएको छ। बिद्यालयमा शैक्षिक गतिबिधि सञ्चालनमा सहयोग पुगोस भनेर बस्नेतले ल्यापटप उपलब्ध गराउनुभएको हो।

हाल अमेरिकामा बस्दै आउनुभएका जनता माध्यमिक बिद्यालयका पुर्व बिद्यार्थी बस्नेतले बिद्यालयका लागि उपलव्ध गराउनुभएको सातवटा ल्यापटप बस्नेतका आफन्तहरुले बिद्यालयलाई हस्तान्तरण गरेका छन्।

पुर्व बिद्यार्थी समाज जनता माविको आयोजना तथा पुर्व बिद्यार्थी वाबुराम प्रधानको संयोजकत्वमा ल्यापटक हस्तान्तरण कार्यक्रममा बस्नेतकी आमा शुशिला, दिदी बिना, पुर्व बिद्यार्थी समाजका अध्यक्ष संयोज पराजुलीले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाल, निमित्त प्रध्यानाध्यापक पशुपति सिग्देललाई ल्यापटप हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा पुर्व बिद्यार्थी समाजको तर्फबाट निमित्त प्रध्यानाध्यापक सिग्देललाई सम्मान पत्रले सम्मान समेत गरिएको छ। कार्यक्रममा जनता माविका पुर्व बिद्यार्थी तथा उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेललगायतका पुर्व बिद्यार्थीले आफु अध्ययन गरेको बिद्यालयलाई शैक्षिक गतिविधि सुधारका लागि सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।