इटहरी/ सुनसरीको इटहरी २० तरहरामा रहेको किड्स ह्याप्पि होममा अध्ययन गरेका कक्षा ५का बिद्यार्थीलाई दिक्षित गरेको छ। ह्याप्पि होममा प्रि–केजीहुँदै कक्षा ५सम्म अध्ययन गरेका बिद्यार्थीलाई अभिभावक दिवसको दिन पारेर दिक्षित गरेको हो।

स्थापना भएको ९ बर्ष पुग्न लाग्दा ह्याप्पि होमले सोमबार पहिलो ब्याजका बिद्यार्थीलाई दिक्षान्त समारोह नै गरेर खुसी बनाउँदै बिदा गरेको छ। दिक्षान्त समारोहमा बिद्यार्थीले ९ बर्ष सम्म ह्याप्पि होममा बिताएका खुसीका पलहरु सम्झिएका थिए।

ह्याप्पि होममा प्रि–केजी देखि लिएर कक्षा ५ सम्म अध्यापन हुने गरेको छ। ह्याप्पि होममा अध्ययन पुरा गरेर अर्कै बिद्यालय जाने तयारीमा रहेका पहिलो ब्याजका बिद्यार्थीहरु बिदाई गर्नलाई उत्सवको रुपमा मनाउन ह्याप्पी होम्सले अभिभावक दिवस र दिक्षान्त समारोह सँगै मनाएको हो। IMG_3963

कार्यक्रममा ह्याप्पी होमले प्रि–केजी देखि कक्षा ५ सम्मका बिद्यार्थीबाट सांस्कृतिक प्रस्तुती, बक्तृत्वकला, र नाटक प्रस्तुत गरेको छ।

ह्याप्पी होमकी प्रिन्सिपल रिता भुषालले आफुले ९बर्ष सम्म पढाएका बिद्यार्थीलाई कालो टोपीसहित दिक्षित गरेर बिदागर्न पाउँदा मन दुखेपनि अब्बल बिद्यार्थी बनाउन पाएकोमा खुसी लागेको बताउनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै ह्याप्पी होमका सञ्चालक सुनिल भुषालले भर्खर बोल्न शुरु गरेका बिद्यार्थी कक्षा ५ सम्मको पढाई सकेर थप अध्ययनका लागि बिदा हुँदै गर्दा दुःख लागेपनि अनुशासित एवं उत्कृष्ट बिद्यार्थी बनाउन पाउँदा खुसी महशुस भएको बताउनुभयो। IMG_3962

कार्यक्रममा सुनसरी प्याब्सनका उपाध्यक्ष नेल्सन ढकालले बच्चाबाट मोवाइल हटाइदिन अभिभावकमा अनुरोध गर्नुभएको थियो।

कार्यक्रमका अतिथी बिश्व आदर्श कलेज इटहरीका अध्यक्ष लेखनाथ घिमिरेले ह्याप्पि होमले बिद्याथीलाई राम्रो अभ्यास गराएको पाइएको भन्दै पहिले घोकन्ती बिद्या धावन्ती खेती भन्ने गरिएपनि अहिले आएर शिक्षा भनेको घोक्ने नभई सिक्ने प्रक्रिया भएको बताउनुभयो।

कार्यक्रममा प्रमुख अतिथी सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नीजि क्षेत्रले सहभागिता जनाएको क्षेत्रमा शिक्षाले ठुलो फड्को मारेको बताउनुभयो।