इटहरी/ सु्नसरीको इटहरी ६ जुटबिकास चोकमा रहेको ब्लुमिङ्ग किन्डरगार्डेन मन्टेश्वरी स्कुलले सोमबार माष्टर एण्ड मिस ब्लुमिङ्ग कल्चरल फेशन सो गरेको छ। नेपाली सँस्कृति, भाषा वेशभुषा जोगाउन पर्ने शन्देश प्रवाह गर्दै स्कुलले कार्यक्रम गरेको हो। one

नेपाली समाजमा बिदेशी सँस्कृति मौलाउदै जाँदा नेपाली भाषा, सँस्कृति, परम्परागत लवज अनि वेशभुषा लोप हुने अवस्था श्रृजना भएको हुँदा यस्तो अवस्था नआओस अनि नेपाली भाषा, सँस्कृति, परम्परागत लवज अनि वेशभुषा जोगाउन थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले कार्यक्रम गरेको स्कुलकी प्रिन्सिपल स्मृति भट्टराईले बताउनुभयो। two

बिदेशी सँस्कृतिले नेपाली समाजमा जरो गाड्दै गएको बेला बालबालिकामा नेपाली भाषा, सँस्कृति, परम्परागत लवज अनि वेशभुषाप्रति मोह जगाउन पनि यस प्रकारको कार्यक्रम आयोजना गरेको स्कुलकी प्रिन्सिपल भट्टराईले बताउनुभयो। four

माष्टर एण्ड मिस ब्लुमिङ्ग कल्चरल फेशन सोमा स्कुलमा कक्षा ४ र ५मा अध्ययनरत १६जना छात्र र १४जना छात्रा सहभागी थिए। कार्यक्रममा छात्रतर्फ कक्षा ४ मा अध्ययनरत मार्शल कार्की र छात्रातर्फ कक्षा ५ मा अध्ययनरत अनुश्का कार्की बिजेता भएका छन्। बिजेता छात्रछात्रालाई अघिल्लो बर्षका बिजेता अमुल्य कोईराला र निर्भाना मानन्धरले ताज पहिर्‍याईदिएका थिए। winner

कार्यक्रममा अन्य कक्षामा अध्ययनरत बिद्यार्थीले बिभिन्न बालगितमा नृत्य प्रस्तुत गरेका थिए। स्कुलमा अध्ययनरत छात्रछात्राको क्षमता अभिबृद्दिका लागि हरेक बर्ष यस्ता किसिमका कार्यक्रम गर्ने गरेको स्कुलकि प्रिन्सिपल भट्टराईले पूर्वीखबरसँगको कुराकानीका क्रममा बताउनुभयो। ome

भविश्यमा बालबालिकालाई अघि बढ्न यस्ता प्रकारका कार्यक्रमले सहयोग पुर्‍याउने प्रिन्सिपल भट्टराईको बिश्वास छ। मन्टेश्वरीकक्षा देखि कक्षा ५ सम्म अध्यापन गराउने ब्लुमिङ्ग किन्डरगार्डेन मन्टेश्वरी स्कुलमा २सय ५० जना भन्दा बढि बिद्यार्थी अध्ययनरत छन्। three