बराहक्षेत्र / "परिवर्तन सम्भव छ" भन्ने मुल नारालाई आत्मसात गरि बराहक्षेत्रलाई आफ्नो कर्मथलो बनाएको सामाजिक संस्था नयाँ पिँढीले शनिबार बराहक्षेत्र-६, चक्रघट्टीमा रहेको पारालिगलको भवनमा १ दिने प्रभावकारी भाषणकला तथा उद्घोषण तालिम सम्पन्न गरेको छ । तालिममा बराहक्षेत्र नगरपालिका २,५,६,७,८ र १० नम्बर वडाका कक्षा ११/१२ र स्नातक तहका ४५ जना विद्यार्थीहरु सहभागी भएका थिए । सहभागीहरुलाई चक्रघट्टी जेसिजका पूर्व अध्यक्ष सन्तोष चौलागाईंले सहजीकरण गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष शिशिर तामाङ (अर्जुन) का अनुसार यस तालिमबाट उद्घोषणकला सिकि सहभागी विद्यार्थीहरुले कुनै पनि ठाँउमा धाराप्रवाहका साथ बोल्न सक्ने बताउनु भएको छ । यस भन्दा अघि पनि यस संस्थाले बराहक्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । जेब्रा क्रसिङ निर्माण , रामधुनी मन्दिर सरसफाइ साथै राहत वितरण जस्ता कार्यबाट बराहक्षेत्रमा नयाँ पिँढी लोकप्रिय बन्दै गएको छ ।