बराहक्षेत्र / नेपाल पिछडा वर्ग महासंघ (OBC) , बराहक्षेत्र नगर कमिटीले साबिक महेन्द्रनगर अर्थात बराहक्षेत्र नगरपालिका ६,७ र ८ नम्बर वडाका पिछडा वर्ग समुदायका लागी नि:शुल्क आधारभूत कम्प्युटर तालिम शनिबार एक औपचारिक कार्यक्रम गरि सुरुवात गरेको छ । महासंघका अध्यक्ष राजकुमार यादबको सभाध्यक्षतामा भएको कार्यक्रममा बराहक्षेत्र नगरपालिकाकि उपप्रमुख कमला मगर प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख भन्नू हुन्छ " नेपालको संविधानमा भएको भाग ३ को मौलिकहक अन्तर्गतको धारा ४२ को सामाजिक न्यायको हक सबैले पाउनु पर्छ । उहाँले सबै भुगोललाई समेट्न महासंघ लाई र तालिममा सिकेका कुरालाई प्रयोगमा ल्याउन प्रशिक्षार्थीलाई आग्रह समेत गर्नु भएको छ ।

कार्यक्रममा उपस्थित नेकपा एमाले बराहक्षेत्र नगर कमिटी सचिब राजेन्द्र कार्कीले पिछडा वर्गलाई अरु सरह अगाडी बढाउनु पर्ने कुरामा जोड् दिनु भएको छ । कम्प्युटर तालिम बराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोग र बराह ईन्स्टिच्युट अफ टेक्नोलोजीको प्राबिधिक सहयोगमा संचालित हुने र उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मानित र पुरस्कृत समेत गरिने अध्यक्ष यादबले बताउनु भएको छ । तालिम ३ महिना सम्म नियमित चल्ने र जम्मा ३० जनाको कोटा रहेको कार्यक्रम संचालक सुमन मेहताले जानकारी दिनु भएको छ ।