बराहक्षेत्र / बराहक्षेत्र-७ मा रहेको सप्तकोसी युवा क्लबले शनिबार सप्तकोसी किनारमा रहेको एक रिसोर्टमा भब्यतापूर्वक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभा  क्लबका अध्यक्ष कपिल आचार्यको सभाध्यक्षता र बराहक्षेत्र नगर खेलकुद समिति सदस्य राज लिम्बू (जापान) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अध्यक्ष आचार्यले क्लबको प्रतिवेदन पेश गर्नु हुँदै क्लबको आगामी योजना ३०% सदस्यता वृद्धि   गर्ने,  क्लब भवन निर्माण साथै सम्भव भए सम्म एम्बुलेन्स खरिद गर्ने रहेको बताउनु भयो । कार्यक्रममा कोषाध्यक्ष मेनुका लिम्बूले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । क्लबको प्राप्ति तर्फ रु. ८ लाख ४० हजार ८३० र भुक्तानी तर्फ रु. ८ लाख ३९ हजार १७० रहेको छ । 

मन्तव्यका क्रममा प्रमुख अतिथी लिम्बूले फुटबलले क्लबलाई यहाँ सम्म ल्याएको र क्लबले खेलाडी उत्पादनमा जोड् दिनु पर्ने बताउनु भएको छ । साथै यस क्लबलाई नगरमा सूचीकृत गर्न समेत अध्यक्षलाई आग्रह गर्नु भएको छ । आजकै कार्यक्रममा क्लबले क्लबलाई हाल सम्म योगदान गर्नुहुने ब्यक्तिहरुलाई सम्मान समेत गरेको छ । सम्मानितहुने ब्यक्तिहरुमा , युवा व्यवसायीहरु लक्ष्मण दाहाल , सुमन आचार्य, समाजसेवी कुमार घिमिरे, खगेन्द्र दाहाल , क्लबका सदस्य बिनोद लिम्बू , गोबिन्द तामाङ रहनु भएको छ ।

क्लबले स्व. पुण्यप्रसाद नेपालको योगदानको कदर गर्दै परिवार लाई साथै पुर्वी खबरका बराहक्षेत्र संवाददाता सुमन बिकललाई नगद सहित सम्मान गरेको छ । कार्यक्रम क्लबका सचिब लेखु न्यौपानेले संचालन गर्नु भएको थियो । क्लबले चाडपर्वहरुमा शुभकामना आदान प्रदान कार्यक्रम , फुटबल प्रतियोगिता , रक्तदान , सरसफाइ तथा राष्ट्रिय स्तरको साङ्गितिक कार्यक्रम गर्दै आएको छ ।