बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्रमा बिहिबार सम्पन्न १० किलोमिटर खुल्लादौड प्रतियोगितामा बराहक्षेत्र ३ का रोजन मगर प्रथम भएका छन्। मगरले निर्धारित दुरी ४० मिनेट ३५ सेकेण्डमा पार गर्दै उपाधिमाथी कब्जा जमाएका हुन्।

बराहक्षेत्र –७ मा रहेको उद्यमी क्लबले सञ्चालन गरेको खुल्ला दौड प्रतियोगितामा बराहक्षेत्र ३का आदेश भुजेलले ४२ मिनेट १७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोश्रो भए भने बराहक्षेत्र ८ पुलाहाका कुलबहादुर सुवेदीले ४३ मिनेट १९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तृतीय भएका छन्। daud2 (5)

यसैगरी महिला तर्फको उपाधि बराहक्षेत्र १ चतराकी अस्मिता राईले उचालेकी छन्। निर्धारित १० कि.मि. दुरी ५५ मिनेट २७ सेकेण्डमा पार गर्दै राई प्रथम भएकी हुन्। यसैगरी ५६ मिनेट ५३ सेकेण्डमा दुरी पार गर्दै बराहक्षेत्र स्थित सालबन्दिकी सरिक्षा बस्नेत द्वितीय र ५७ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गरेकी बराहक्षेत्र–७ हात्तीगौँडेकी पुर्णकुमारी खड्का तृतीय भईन। daud2 (3)

दौडमा प्रथम हुनेलाई बराहक्षेत्र नगरपालिकाका उपमेयर कमला मगर र नगर खेलकुद बिकास समितिका अध्यक्ष आशाराम चौधरीले नगद २१ हजार, मेडल, ट्रफी र प्रमाणपत्र पत्र, द्वितीय हुनेलाई नगद १६हजार, मेडल, ट्रफी र प्रमाणपत्र पत्र र तृतीय हुनेलाई ११ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र पत्र प्रदान गरेका थिए। 1 1

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खनालले स्वस्थ्य रहनका लागि यस्तो किसिमका कार्यक्रमले निकै सहयोग गर्ने भन्दै नगरबासी एवं प्रतियोगिहरुलाई फागु पर्वको शुभकामना व्यक्त गरेका छन्। क्लबका अध्यक्ष बिष्णु घिमिरेले सबैको सहयोगले नै दौड सहजरुपमा सम्पन्न भएको भन्दै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका छन्। daud2-6 1

प्रतियोगितामा १६० जना सहभागी भएको क्लबका सह–सचिव हिमाल राईले बताएका छन्। दौड प्रतियोगिताको औपचारिक कार्यक्रम पूर्वीखबरकर्मी सुमन बिकल र सञ्चारकर्मी भुमिका रसाइलीले सञ्चालन गरेका थिए। 275735522_700969590933047_2454141255603758599_n

क्लबका अध्यक्ष घिमिरेको अध्यक्षता र बराहक्षेत्र नगरपालिकाका मेयर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपमेयर कमला मगर, नगर खेलकुद बिकास समिति संयोजक आशाराम चौधरीलगायत सयौं प्रतिष्पर्धी र हज्जारौं दर्शक उपस्थित थिए।

daud2 (4)
तस्वीर - संगीत सिग्देल