रायमाझीले चलायमान बनाएको सुन्दरहरैँचाको राष्ट्रिय यूवा संघ

  • न्युजडेस्क
  • प्रकाशित मिति: चैत्र १०, २०७८

स्वर्णिम उप्रेती- सुन्दरहरैँचा/ राजनीतिमा पार्टी र संगठन चलाउन ठुलो पार्टी भएर नहुँदो रहेछ भनेर वर्तमान राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैचा नगर कमिटीका बर्तमान अध्यक्षले प्रमाणित गरिदिनुभएको छ।

सुन्दरदुलारी नगरपालिका र कोशीहरैँचा नगरपालिका एक भएर सुन्दरहरैँचा नगरपालिका बन्दा तत्कालिन युवा संघ सुन्दरहरैँचा नगरकमिटिको पहिलो संयोजक अञ्जु सिग्देल हुनुभयो। दोश्रोपटक संयोजक भुषण राई हुनुभयो। भुषण राई तत्कालिन युवा संघ र वाईसिएल संयुक्त हुँदाको अध्यक्ष हुनुहुन्थ्यो, पछाडी पार्टी फुटको अवस्थामा सबैतिर पुनर्गठन हुँदा राईले नेतृत्व हस्तान्तरण गर्नुभएको थियो।

नेकपा कम्युनिष्ट पार्टी फुटको संघारमा पुगेपछि कम्युनिष्ट पार्टी तीन चिरामा फुटेर नेकपा एमाले, नेकपा(एकीकृत समाजवादी) र नेकपा माओवादी(केन्द्र) बन्यो। नेपाल कम्युनिष्ट पार्टी बिभाजन भएको बेला नेकपा एमाले पार्टीमा ठुलो संकट आएको थियो । त्यो अवस्थामा कम्युनिष्ट पार्टी प्रति हेर्ने नजर बेग्लै भएको थियो। नेपालमा कम्युनिष्ट भित्रको द्वन्द्वले आफू आफुलाई कमजोर पारेको थियो। कम्युनिष्ट ओरालो लागेको बेलामा एमालले सुन्दरहरैँचा नगरपालिकामा राष्ट्रिय युवा संघ नेपालको अध्यक्षको जिम्मेवारी जयप्रकाश रायमाझीलाई सुम्पिएको थियो।

रायमाझी पनि त्यही ड्याङको मुला हो भनेर एमाले नेताहरुलाई लागेको थियो। त्यो सोच्नुपनि स्वभाविकै थियो तर रायमाझी राष्ट्रिय युवा संघको अध्यक्ष भएपछि युवामा आफ से आफ बदलाब आयो। सुन्दरहरैँचामा युवा चलायमान हुँदै गए। पार्टीका नेतामा आशाको टुसाहरु पलाएको महसुस हुन थाल्यो। हिजो आज त सुन्दरहरैँचाका युवा एक ढिक्का भएका छन्। पार्टीले भात्री संगठन चलाउने परिपाटीको अन्त्य भएको भान हुन थालेको महसुस सुन्दरहरैँचाबासीले गर्न थालेका छन्।

यसरी आज राष्ट्रिय युवा संघ नेपाल सबैतिर सुस्त भएको बेलामा सुन्दरहरैँचाले गरेको कार्यक्रमहरुले इतिहास कोर्न सफल भएको छ। त्यसैले संगठन चलाउने जिम्मा हाम्रोलाई होइन राम्रोलाई दिनुपर्छ । त्यसैले जो सँग इच्छाशक्ति, आत्मबिश्वास साथै जनता र युवाको भावनालाई बुझेको साथै पार्टी र संगठनको बारेमा जानकार ब्यक्ति राजनीतिमा आउने हो भने देशले मुहार र जनताले परिवर्तनको आभाष गर्न पाउछन् भन्ने उदाहरण सुन्दरहरैँचा अध्यक्ष जयप्रकाश रायमाझीले दिनुभएको छ।

(उप्रेती सुन्दरहरैँचा ३ मा बसोबास गरेर नेबिसंघको राजनीति गर्दछन्, असावधानीबस सम्पादित लेख प्रकाशन गर्नुपर्नेमा सम्पादन गर्नुअघि कै लेख पर्न गएकोमा सच्याइएको छ, यसबाट सम्बन्धित ब्यक्तिहरु प्रति पर्न गएको असुबिधा प्रति पूर्वीखबर परिवार आत्माआलोचना गर्दछ -सम्पादक)


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved