मिलन श्रेष्ठको ‘फर्किन चाहन्छु’ सार्वजनिक

  • निशा धिताल
  • प्रकाशित मिति: चैत्र १२, २०७८

सुनसरी/ लामो समयदेखि अमेरिकमा बसोबास गरिरहेका गायक मिलन श्रेष्ठ बेलाबेलामा नेपाल आईरहन्छन्। हरेक पटक नेपाल आउँदा प्रत्येक पटक नेपाली गित निकाल्ने श्रेष्ठले यसपटक पनि ‘फर्किन चाहन्छु’ बोलको गित सार्वजनिक गरेका छन्।

श्रीमती गितासँगै गितसंगितमा होमिएका श्रेष्ठ अमेरिकामा बसोबास गरेपनि नेपाली गित संगितलाई चटक्कै माया मार्न सकिरहेका छैनन्। अमेरिकाको रहनसहन अनि त्यहाँको वातावरणमा पनि नेपाली सँस्कार सँस्कृति नभुलेर श्रेष्ठले नेपाल अनि नेपालीका दुख अनि पिडा आवाजमा उतार्ने गरेका छन्।

यसपटक तिनै श्रेष्ठले मनभरि नेपालको माया भएपनि बिभिन्न बाध्यताका कारण बिदेसिन बाध्य भएका युवाहरुको यथार्थलाई शब्दमा उनेर ‘फर्किन चाहन्छु’ नामको गित तयार पारेका छन्। उनले आसुशेन लामाको शब्द अनि कम्पोज, रिकेश गुरुङको गितार/एरेन्ज/मिक्स/मास्टरमा तयार पारिएको गीत ‘फर्किन चाहन्छु’ बोलको गितको म्यूजिक भिडियो बिहिबार अपरान्ह युट्युवमार्फत सार्वजनिक गरेका छन्।

आर्थिक संकटका कारण बिदेशिन बाध्य भएका यूवाको कथामा तयार पारिएको ‘फर्किन चाहन्छु’ बोलको गितमा बिदेशिया एक युवाले आमाप्रतिको माया दर्शाएको कथा समेटिएको छ। म्युजिक भिडियोमा गायक मिलन श्रेष्ठका साथै कलाकार रश्मी भट्टले अभिनय गरेका छन् भने बाल कलाकारका रुपमा आदि पौडेलले डेब्यु गरेका छन्।

कलाकारहरुले जीवन्त अभिनय प्रस्तुत गरेको म्युजिक भिडिओ मिलन गिता श्रेष्ठ युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको छ। युवराज वाईवाले निर्देशन, निसल पौडेलले छायांकन गरेको म्युजिक भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन्।

हेर्नुहोस् म्यूजिक भिडियो :


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved