इटहरी/ राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण बिभाग सेवा इकाई इटहरीले सञ्चालन गरेको बक्तृत्वकला प्रतियोगितामा ग्रिन पिस एकेडेमीका सुजित सापकोटा प्रथम भएका छन्। ब्यक्तिगत घटना दर्ताको महत्वका बिषयमा बक्तृत्वकला प्रतियोगिता भएको हो।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण बिभाग सेवा इकाई इटहरीले इटहरी क्षेत्रका कलेज स्तरीय कार्यक्रम गरेको र कार्यक्रममा १३जना बिद्यार्थीले प्रतिष्पर्धा गरेको कलेजका उप-प्राध्यापक अर्जुन त्रितालले बताएका छन्।

प्रतियोगितामा कस्तुरी कलेजकी सुम्निमा लिम्बु दोश्रो भएकी छन् भने ग्रिनपिस एकेडेमीकै बरुणा पराजुली तृतिय र ज्योति माबि इटहरी ५की अनुसा पौडेलले सान्त्वना स्थान हासिल गरेकी छन्। two

कार्यक्रममा प्रथम हुनेलाई पाँचहजार रुपैँया र प्रमाणपत्र, दोश्रो हुनेलाई तीनहजार नगद र प्रमाण पत्र अनि तृतीय र सान्त्वना हुनेहरुलाई एकएक हजार र प्रमाण पत्र प्रदान गरिएको छ।

इटहरी उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख सुर्यप्रसाद सुवेदी अध्यक्षतामा भएको कार्यक्रममा इटहरी उपमहानगरपालिका स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख भोजकला दवाडी, शिक्षा शाखा अधिकृत फाल्गुणी काफ्ले, प्रशासन शाखा प्रमुख ध्रुवकुमार भण्डारीलगायतका अतिथीको सहभागिता थियो।