नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमी इटहरीले वार्षिक उत्सवको अवसर पारेर शैक्षिक प्रर्दशनी आयोजना गरेको छ । संस्कारयुक्त शिक्षामा जोड दिदै आएको एकेडेमीले वार्षिक उत्सवको अवसर पारेर विद्यार्थीहरूले तयार पारेका विज्ञान तथा अन्य विषय केन्द्रित शैक्षिक प्रर्दशनी आयोजना गरेको हो । विद्यालय सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार सुब्बाको अध्यक्षता तथा पूर्व मन्त्री रामकुमार सुब्बाको प्रमुख आतिथ्यमा आयोजना गरिएको वार्षिक उत्सव तथा शैक्षिक प्रर्दशनी कार्यक्रमका अवसरमा विद्यालयमा कार्यरत आठ जना शिक्षक एक जना कर्मचारी सहित एक जना पत्रकारलाई सम्मान समेत गरिएको थियो ।

सम्मानित हुने पत्रकार हिमाल दाहाललाई पत्रकारिताका माध्यमबाट सामाजिक विकासमा योगदान पुर्याएको भन्दै नगदसहित सम्मान गरिएको थियो । त्यसै गरी विद्यालयका शिक्षक जनक विष्ट ,जुनु लिम्बु, नोरजिङ सुब्बा , रविन थापा र कर्मचारी प्रमिला थापालाई समेत उत्कृष्ट शिक्षक कर्मचारीका रुपमा सम्मान गरिएको थियो ।   

कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन सुनसरीका बरिष्ठ उपाध्यक्ष थानेश्वर ढकाल नेलशन लगायतका अतिथिहरूको सहभागिता रहेको थियो ।