४३ औं शिक्षक दिवसको अवसरमा मंगलबार नेपाल राष्ट्रिय शिक्षक संगठन बराहक्षेत्र नगर समिति सुनसरीले बराहक्षेत्रका १६ जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ ।

TEACHER

सम्मानितहुने शिक्षकहरुमा बराहक्षेत्र-४ को भगवती आधारभूत बिद्यालयबाट हरिकुमार कार्की र राजेन्द्र पोखरेल , बराहक्षेत्र-५ को ज.डे.ज. मा.बि. बाट दिनेश कुमार शाह , बराहक्षेत्र -६ को महेन्द्र मा.बि. चक्रघट्टीबाट कृष्णराज नेपाल, बराहक्षेत्र -७ को बसन्तऋतु मा.बि. बाट कुमार प्रसाद भट्टराई र हरिप्रसाद भट्टराई , महेन्द्र मा.बि. तित्रीगाछीबाट बिष्णुप्रसाद सापकोटा, प्रदीप थापा र बिदुर निरौला , बराहक्षेत्र-८ को जनक मा.बि. बाट रामप्रसाद मेहता, रामधुनी आधारभूत बिद्यालयबाट रमेश पराजुली , बराहक्षेत्र-९ को ज्ञान ज्योति आधारभूत बिद्यालयबाट कृष्णराज कोइराला, बराहक्षेत्रको १०को नवदुर्गा आधारभूत बिद्यालयबाट बाबुराम पोखरेल , प्रकाश मा.बि.बाट जगत बहादुर बिष्ट र भगवती आधारभूत बिद्यालयबाट गुरुप्रसाद निरौला त्यसैगरी बराहक्षेत्र-११को कर्णघण्टा आधारभूत बिद्यालयबाट भरतकुमार जोशी रहनु भएको छ ।

teacher 1

बराहक्षेत्र -७ को महेन्द्र मा.बि.तित्रीगाछीको सभाहलमा संगठनका अध्यक्ष खड्ग बहादुर कार्कीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बराहक्षेत्र नगर शिक्षा समिति सदस्य प्रह्लाद भट्टराई प्रमुख अतिथि र नेपाल राष्ट्रिय शिक्षक संगठन सुनसरीका पूर्व उपाध्यक्ष भैरव सापकोटा विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा चुडामणि खनाल, हिरामणि पौडेल, सकुन्तला कोइराला , इन्द्र बस्नेत, लक्ष्मीप्रसाद गड्ताैला, कुमार श्रेष्ठ , चेतनाथ भट्टराई लगायतका सयौं शिक्षकहरुको उपस्थिति रहेको थियो ।

teacher 5

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले बराहक्षेत्र शिक्षक संगठन अन्य पालिकाको तुलनामा सक्रिय रहेको बताउनु भएको छ । कार्यक्रममा सरस्वती मा.बि. राजाबासकि शिक्षक मनिषा श्रेष्ठले बाल बिकासका शिक्षकको हकहितका बारेमा सबैले कुरा उठाउनु पर्नेमा जोड दिनु भएको छ ।