इटहरीमा स्वर्गीय अजय/विजय स्मृति फुटबल प्रतियोगिता शुरु भएको छ । इटहरी ५ स्थित संकल्प युवा क्लबद्वारा आयोजना गरिएको अन्तर टोल स्तरीय फुटबल प्रतियोगिताको प्रमुख अतिथि नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि जीवन न्यौपानेले खेलको उद्घाटन गर्नुभयो ।

इटहरी ५ को रक्तमाला प्राविको खेलमैदानमा शुरु भएको फुटबल प्रतियोगितामा सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष केशव कार्की र जिल्ला खेलकुद महासंघ सुनसरी उपाध्यक्ष सुबिन कार्की लगायतले पहिलो खेल प्रतिस्पर्धी शान्ति टोल र बिरेन्द्र टोलका खेलाडीहरूलाई बल हस्तान्तरण गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा स्वर्गीय अजय/विजय राईका माता र दाजुहरूको उपस्थिति थियो । उद्घाटन खेलमा भने शान्ति टोलले बिरेन्द्र टोललाई ३ का विरुद्ध ० गोल गदै पहिलो उद्घाटन खेल जित्न सफल भएको छ । शान्ति टोल तर्फबाट विश्व दीप याख्याले खेलको ७ मिनेटमै गोल गर्न सफल हुनुभयो । त्यस्तै पहिलो हाफको इन्जुरी समयमा नवराज जिमिले एक गोल गर्नुभएको थियो ।

दोस्रो हाफको २५ मिनेटमा शान्ति टोलकै प्रयास कार्कीले थप १ एक गोल गदै बिरेन्द्र टोललाई ३ का विरुद्ध ० गोल गर्न सफल भएको थियो । आजको खेलमा शान्ति टोल तर्फबाट गोल किप्पर युसन गुरुङ म्यान अफ दी म्याच घोषित भए । मङ्गलबारको दोस्रो खेलमा संगम टोल र एकता टोलबिच प्रतिस्पर्धा हुनेछ । फुटबल प्रतियोगितामा विजेता हुने टिमलाई ३० हजार एक सय १ रुपैयाँ र दोस्रोलाई २० हजार १ सय एक रुपैयाँ पुरस्कार राशि राखिएको छ । 

Ft