लायन्स क्लब अफ इटहरी समृद्धि लगायत बिभिन्न सङ्घसंस्थाले इटहरीका बिभिन्न वडामा निशुल्क आँखा शिविर आयोजना गरेको छ । नवदृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा लायन्स क्लब अफ इटहरी समृद्धि, लायन्स क्लब अफ इटहरी एक्टिभ, लायन्स क्लब अफ इटहरी सिटिजन्स लगायत ६ वटा लायन्स क्लबको आयोजनामा इटहरीको ४, ९, १६, १९ र २० नं. वडामा आँखा शिविर आयोजना गरिएको हो ।

इटहरीको ४, ९ र १९ मा शिविर सम्पन्न भइसकेको छ । सप्ताहव्यापी कार्यक्रम अनुसार पहिलो दिन इटहरी ४ मा आयोजना गरिएको आँखा शिविरबाट तीन सयले लाभ लिएका छन् । जसमा सय जनाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको छ भने १०५ जनालाई चस्मा वितरण गरिएको छ । इटहरी ९ नं. वडामा पनि २४५ जनाले निशुल्क आँखा शिविरको लाभ लिएका छन् । जसमा १० जनाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको छ भने ९५ जनालाई चस्मा वितरण गरिएको छ ।

fd यस्तै १९ नं. वडामा २४५ जनाले शिविरको लाभ लिएका छन् । जसमा ५ जनाको शल्यक्रिया र ७२ जनालाई चस्मा वितरण गरिएको छ । शुक्रबार भने इटहरी २० नं. वडाको तरहरामा आयोजना गरेको शिविरमा ५ सयजनाले लाभ लिएका छन् । जसमा ७० जनालाई मोतिया बिन्दुको शल्यक्रिया गरिने छ भने १३९ जनालाई चस्मा वितरण गरिएको छ । गर्मी याम र धुवा धुलोका कारण आँखामा देखिने समस्यालाई निराकरण गर्ने उदेश्यले शिविर आयोजना गरिएको जनाइएको छ । साथै आर्थिक अवस्था कमजोर भएका वृद्धवृद्धाहरूको समेत आँखा जाँच गरिएको लायन्स क्लब अफ इटहरी समृद्धिका फस्ट भिपी राजन बनियाले जानकारी दिनुभयो । 

शिविरमा आँखामा समस्या देखिएका वृद्धवृद्धाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । समाजिक रुपमा सकृया संस्थाहरूले यस्ता कार्य समय समयमा आयोजना गर्नुपर्ने सेवाग्राहीको प्रतिकृया थियो । शिविरलाई दूर दृष्टि, मोतिया बिन्दु जस्ता जाँच गरिएको थियो । शिविरलाई नेपाल घरेलु तथा साना उघोग महासंघ, महिला उघमी समिति सुनसरी, होटल तथा लज व्यवसायी समिति इटहरी र घरेलु तथा साना उघोग महासंघ इटहरीले समेत आयोजना गरेको थियो ।

dd