इटहरी/ संखुवासभाको खादँबारीस्थित मयम भन्ने ठाउँमा स्थायी घर भएका गायक तथा सङ्गितकार पदम मगर लामो समयदेखि काठमाडौमा रहेर गित संगितको क्षेत्रमा संघर्षरत छन्। ललितकला क्याम्पसमा संगीत बिषय अध्ययन गरेका मगर गान्धर्ब सङ्गीत विद्यालयमा गुरु चन्दन कुमार श्रेष्ठबाट शास्त्रीय सङ्गीतको ज्ञान समेत लिएका छन्।

मगरले पछिल्लो समय आफ्नै शब्द संगीत अनि संगीत संयोजनमा किन रुन्छ यो मन बोलको गित सार्बजनिक गरेका छन्। गितमा रचना रिमालको स्वर रहेको छ। मगरले केहि समय अगाडी सार्वजनिक गरेको तिम्रो यादमा भन्ने गितको दोश्रो भाग रहेको मगरको भनाई छ।

श्रृङ्गार कृयसन युटुर्ब च्यानलमार्फत सार्वजनिक गरिएको गितलाई धेरैजनाले मन पराएर टिकटक बनाएको भन्दै पदमले खुसी ब्यक्त गर्नुभएको छ। स्टुडियो भर्सनमा आएको भिडियोमा रचनाले राम्रो साथ दिएको र अन्य थुप्रै गितहरु ल्याउने तयारी गरेको मगरले बताएका छन्। आँफुले यसअघि धेरै गायक गायिकासँग काम गरेको भन्दै दर्शक श्रोताले गित मन पराई दिँदा हौसला बढेको पदमको अनुभव छ।