प्रेस चौतारी नेपाल बराहक्षेत्र नगरकमिटिले बिहिवार  चक्रघट्टीमा एक कार्यक्रमको आयोजना गरि नयाँ बर्षको शुभकामना आदानप्रदान तथा २०७९सालको भित्तेपात्रो, टिसर्ट, परिचय पत्र र प्रेस एप्रोन विमोचन गरेको छ । एमालेका नगरप्रमुखका उमेदवार सहित बिशिस्ट अथितिहरुको हातबाट एकसाथ भित्तेपात्रो, टिसर्ट,परिचय पत्र र प्रेस एप्रोन सार्बजनिक गरिएको हो।

press2

बिहिवार भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष तथा बराहक्षेत्र नगरप्रमुख उमेदवार निलम खनालको प्रमुख आतिथ्यता रहेको थियो। थियो । कार्यक्रममा खनालले प्रेस चौतारी बराहक्षेत्रले कार्यक्रम आयोजना गरेकोमा बधाई दिदै प्रेस चौतारीले आउदै गरेको निर्वाचनका लागि संगै सहकार्य गरिरहेको भन्दै खुशी ब्यक्त गरेका छन। उनले आफुहरुलाई सँधै सहि बाटोमा हिडाउन  र निर्वाचनमा सबै वार्ड तथा नगरप्रमुख जिताउन सिङ्गो प्रेस चौतारी टिम लागि परिरहेकोमा धन्यवाद ज्ञापन गरेका छन । उनले बराहक्षेत्र नगरपालिकामा नेकपा एमालेलाई सिध्याउन गठबन्धन गरेता पनि चुनावी परिणाम सबैमा एमालेको जित हुने बताए । स्वार्थ पूर्तिका लागि गठबन्धन गरिएको हुनाले बराहक्षेत्रमा गठबन्धन फुटेर तीनतिर पुगिसकेको उनले बताए।

press1

 नेकपा एमाले प्रदेश कमिटी सदस्य बद्रीनाथ घिमिरेले नेकपा एमाले जनताको लोकप्रिय पार्टी भएको कारण जतिसुकै जालझेल गरेर तथा गठबन्धन गरेपनि एमालेलाई बराहक्षेत्रमा हल्लाउन कसैले पनि नसक्ने बताए।कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला उपसचीव योग्यराज खडकाले निर्वाचनमा  एमालेले नगरका सबै वार्ड र नगरमा आफ्नो वर्चस्व कायम गर्ने बताए । स्वार्थले भरिएको गठबन्धनमा आफ्नो भाग नपुग्दा बराहक्षेत्रमा  गठबन्धन फुटेको बताउदै उनले नेकपा एमालेको जित सुनिस्चित  भैसकेको बताए।

मदन भण्डारी फाउन्डेसनको कार्यालयम भएको भब्य कार्यक्रममा प्रेस चौतारी प्रदेश कमिटी सदस्य नवराज बिष्ट , जिल्ला उपाध्यक्ष बिमला घिमिरे , बराहक्षेत्र इन्चार्ज विजय राई त्यस्तै नेकपा  एमाले प्रदेश कमिटी सदस्य मनोज पौडेल , जिल्ला कमिटी सदस्य सुरज भण्डारी , तिर्थ माझी ,पदम माझी, नन्दकुमारी राई, एमाले  बराहक्षेत्र नगर अध्यक्ष गजेन्द्र बहादुर थापा , सचीव राजेन्द्र कार्की , कार्यवाहक मेयर कमला मगर , सन्तोष ओख्राबु , होम गौतम , वीर बहादुर लिम्बू , राज लिम्बू जापान ,मनोज पौडेल , लगाएतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।