भुजेल समाज सेवा संयुक्त समिति इटहरी रामधुनीको प्रथम अधिवेशनले सुभास भुजेलको नेतृत्वमा नयाँ इटहरी रामधुनी संयुक्त समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा मनोज भुजेल, रमेश भुजेल, डिकबहादुर भुजेल, गौरी भुजेल र युवराज भुजेल चयन हुनुभएको छ भने कोषाध्यक्षमा प्रेम भुजेल र सचिवमा लिला भुजेल चयन हुनुभएको छ । यस्तै सहसचिवमा ५ जना चयन हुनुभएको छ भने सदस्यमा १६ जना गरि २९ जनाको नयाँ कार्यसमिति चयन गरिएको छ । 

अधिवेशनको अवसरमा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरूलाई सम्मान गरेको छ । शनिवार इटहरीमा भुजेल समाज सेवाले प्रथम अधिवेशनको अवसर पारेर लामो समय पत्रकारिता गदै आउनुभएका विराट टेलिभिजनका समाचार संयोजक मनोज भुजेल, भुजेल युवा संघ केन्द्रिय नवनिर्वाचित अध्यक्ष साथै प्रिमियर कलेजका फाइनान्स म्यानेजर रोशन भुजेल र महिला तथा बालबालिका सम्बन्धी बिभिन्न सङ्घसंस्थामा आबद्ध लिला भुजेललाई सम्मान गरिएको हो  ।

यस्तै भुजेल सेवा समिति इटहरीमा योगदान पुराउने पदाधिकारीहरूलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा भुजेल समाज सेवा समिति केन्द्रिय उपाध्यक्ष राजकुमार भुजेल, सुनसरी जिल्ला अध्यक्ष रवि छाया भुजेल लगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।

Mm