केराबारी/ बसोबास गर्न योग्य प्रदेश एककै उत्कृष्ट केराबारीलाई शैक्षिक क्षेत्रमा पनि उत्तिकै अब्बल बनाउन नेकपा एमालले शैक्षिक क्षेत्रका एजेण्डाहरु सार्वजनिक गरेको छ। केराबारीलाई पर्यटनको अलावा शिक्षामा पनि उत्तिकै अब्बल बनाउन सकिने नेकपा एमालले जनाएको छ।

नेकपा एमालेले आफ्ना उम्मेद्वारहरु निवार्चित भए केराबारीमा तल उल्लेखित शैक्षिक कार्यक्रमहरु ल्याउने प्रतिबद्दता जनाएको छ।

नेकपा एमालेले केराबारीमा पशु चिकित्सा(भेटेनरी) शिक्षाको स्तरोन्नति गर्ने र स्नातक तह सञ्चालन गर्न प्राथमिकताका साथ पहल गर्ने बिषयलाई पहिलो प्राथमिकतामा राखेको छ।

यसैगरी केराबारी ८मा रहेको खदम क्याम्पसलाई बहुमुखी क्याम्पस बनाउन बाणिज्य, बिज्ञान, कानुन, होटल म्यानेजमेन्ट बिषय ल्याउन प्राथमिकता दिईने जनाएको छ।

यस्तै निम्न आयस्तर भएका परिवारलाई उच्च शिक्षा प्रदान गर्न केराबारी गाउँपालिकाबाटै पालिका छात्रवृत्ति कोष खडा गर्ने उद्घोष गरेको छ।

यसैगरी छात्राहरुलाई महिनावारीको समयमा अफ्ठेरो नहोस भनेर केराबारीका सबै बिद्यालयमा पर्याप्त मात्रामा निशुल्क रुपमा सेनेटरी प्याडको ब्यवस्था गराउने प्रतिबद्दता जनाएको छ।

बिद्यार्थीलाई आधुनिक शिक्षा दिलाउन केराबारीका प्रत्येक विद्यालयमा ई–लाईब्रेरीको व्यवस्था गर्न एमाले प्रतिबद्द रहेको छ।

बिद्यालयमा अध्ययनरत निम्न आयस्तर भएका तर तिक्ष्ण प्रतिभायुक्त बिद्यार्थीलाई नेकपा एमालेले केराबारीले एक बिद्यार्थी एक ल्यापटपको अवधारणा अघि सारेको छ।

यस्तै बिद्यार्थीलाई खोज एवं अनुसन्धान विधाको निम्ति सहयोग गर्न सहयोगी कोष खडा गर्न नेकपा एमालेले प्रतिबद्दता जनाएको छ।