केराबारी/ मोरङ्ग जिल्लाको केराबारी ९मा निर्वाचन आचारसंहिता विपरित गठबन्धनको तर्फबाट केराबारी गाउँपालिकाका अध्यक्षका उम्मेद्वार रोहित कार्कीले ह्युमपाईप वितरण गरेको आरोप लागेको छ। कार्कीको निर्देशनमा केराबारी ९ बिराजेमा ह्युमपाईप बितरण गर्न खोजिएको आरोप लागेको हो।

केराबारी ९ बिराजेमा निर्वाचन आचारसंहिता बिपरित (मतदाता प्रभावित गर्न खोजिएको भन्दै) ट्याक्टरबाट ह्युमपाईप अनलोड गर्न लागेको स्थानीयले थाहा पाएपछि सोधखोज गरेका थिए। स्थानीयले सोधखोज गर्दा रोहित कार्कीले पठाएको भनेर एकजनाले उत्तर दिएका छन्।

यस बिषयमा निर्वाचन अधिकृतको कार्यलय केराबारीमा मुख्य निर्वाचन अधिकृत भानुभक्त न्यौपानेलाई यसरी निर्वाचनको मुखैमा बिकास निर्माणको नाममा ह्युमपाईप वितरण गर्न मिल्छ भनेर प्रश्न गर्दा स्थानीय निकायको बजेटमा काम भएको भए मिल्ने तर त्यस्ता काममा उम्मेद्वारहरु सहभागी हुन नमिल्ने बताउनुभयो।

उहाँले अध्यक्षका उम्मेद्वारले ह्युमपाईप बितरण गरेको भनेर केराबारी ९का यूवाहरु श्रब्यदृष्य सामाग्रीसहित निर्वाचन आयोगको कार्यालय केराबारीसम्म आएको भन्दै आँफुले यस बिषयमा अध्यक्षका उम्मेद्वार रोहित कार्कीलाई कार्यालयमै बोलाएर प्रश्न गरेको बताउनुभयो।

यस्तै अध्यक्षका उम्मेद्वार कार्कीले आँफुले आजभन्दा १५दिन अगाडी नै गाउँपालिका अध्यक्षबाट राजीनामा दिएको भन्दै यसबारे आँफुलाई थाहा नभएको बताउनुभएको छ। अनि तपाँईले नै ह्युमपाईप झार्न लगाएको अरे नि भनेर पूर्वीखबरले गरेको प्रश्नमा आँफुलाई यसबारे जानकारी नभएको बताउनुभयो। उहाँले भन्नुभयो‘वडाको सिलिङ बजेटबाट काम भएको हुनसक्छ निर्वाचन आयोगले छानबिन गरे हुन्छ त’।

हेर्नुहोस भिडियो :

(बैयक्तिक सुरक्षामा असर पुग्न सक्ने कारण भिडियोमा सुनिने आवाज परिवर्तन गर्नुका साथै भिडियोमा देखिएका ब्यक्तिको अनुहार लुकाईएको छ, परिस्कृत नगरिएको यो भिडियोको ओर्जिनल प्रति हामीसँग सुरक्षित छ-सम्पादक)