धरान/ धरानस्थित बि.पि.कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गतको लायन्स क्लब अफ धरान घोपा युनाइटेडले शुक्रवारदेखि ‘मिल्स अन व्हिल्स’ प्रोजेक्ट ‘ब्यन्जनः सर्भिङ ह्यापिनेस’ सेवा पुर्ण शुरु गरेको छ । यस अन्तर्गत पहिलो दिन शुक्रबार राति ८ बजेदेखि ११ बजेसम्म भानु चोक, बगरकोट, बरगाछी र व्यु पोइन्ट स्थित सडक मानवहरु सुत्ने ठाउँ पुगेर लायन्स क्लब अफ धरान घोपा युनाइटेडका लायन्सहरुले सडक मानव र उनीहरुका परिवारका अरु सदस्यहरुलाई पौष्टिक खाना बितरण गरेका छन् । rrrrrr

कोभिडको लकडाउनका बेला सुरु गरिएको यो प्रोजेक्ट लकडाउन सकिए पछि बन्द गरिएको थियो । तर दिनभरि मागेर जीविकोपार्जन गर्ने र रातभरि सडकमा सुत्ने थुप्रै मानिसहरु भोकै अवस्थामा सुत्नु परेको जानकारी पाए पछि आफुहरुले चाडपर्व र जन्मदिन मनाउन राखेको खर्च, बि.पि. हस्पिटल किचेन तथा धरानका केही मनकारीहरुको सहयोगले हफ्तामा २ देखि ३ दिन रातिको समयमा सडक मानव र उनीहरुका परिवारका अरु सदस्यहरुकालागि उनीहरु बस्ने ठाँउमै पुगेर खाना वितरण गर्ने लायन्स क्लब अफ धरान घोपा युनाइटेडका चार्टर अध्यक्ष लायन डा. शुभम कुमार अग्रवालले बताए । 33333 1

चाडपर्व र नयाँ बर्ष मनाउने नाममा तडकभडक गर्नु भन्दा दुःखीहरुको हेरचाहमा थोरै भए पनि सहयोग पुगोस् भनेर सहयोग गरिएको कार्यक्रमका संयोजिका रिन्की मेहता र ज्योती थारुले बताए । यसका साथै आउने दिनहरुमा “मिल्स अन व्हिल्स“ प्रोजेक्ट “ब्यन्जनः सर्भिङ ह्यापिनेस“ को सेवालाई धरानमा निरन्तरता दिदै अरु ठाउँहरुमा पनि अभियानलाई सुचारु गर्ने तयारी रहेको क्लबका मेम्बरसिप चेयरपर्सन लायन मयन्क मनिले बताए । 33333

बितरणको क्रममा सो क्षेत्रको बिषयमा जानकारी ल्याएर आफुहरुलाई सहयोगको लागि घच्घच्याउने लायन अभिजित सिंह र लायन अस्विनी जयसवाललाई बिशेष धन्यवाद दिइएको थियो । सो क्षेत्रका सडक मानवहरुको अवस्थाको बिषय सार्वजनिक भएपछि जीवनयापनमा सहजता प्रदान गर्न एवं दुखमा साथ दिन पौष्टिक खाना बितरण गरिएको सो कार्यक्रममा उपस्थित लायन सिंहले बताए । लायन्स क्लब अफ धरान घोपा युनाइटेडका डाइरेक्टर समेत रहेका जयसवालले भने, “दिनमा भ्याइन्न । क्लास र ड्युटी सके पछि राति स्कुटी र मोटर साइकलमा खाना लिएर निस्किन्छौ । खोजीखोजी फेला परेकाहरुलाई खाना बाड्छौ । खानामा भात, दाल, सब्जी का साथै अर्को दिन बिहानको खाजा भनेर बिस्कुट र फ्रुटी पनि दिने गरेका छौ । सडकमा भोकै सुतिरहेकाहरु राम्रो पौष्टिक खाना पाएर साह्रै खुशी हुँदै आशिर्वाद दिएको हेरेर मन सन्तुष्ट हुन्छ । त्यही भएर हामीले ’मिल्स अन व्हिल्स’ प्रोजेक्ट भनेरै ’ब्यन्जनः सर्भिङ ह्यापिनेस’ संचालन गर्दै छौ ।“

भोको पेट सुत्न बाध्य भएका सडक मानवहरु राम्रो खाना पाए पछि निकै हर्सित देखिन्थे । खाना पाए पछि सडकमा बस्दै गरेका रितेसले भने, ‘हामी जस्तो दुःखीलाई पनि हेर्ने मनकारी हुँदा रहेछन् । राम्रो खाना पाउँदा धेरै सहयोग मिलेको छ ।’ sadak manab

प्रतिष्ठानमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुले सन् २०२० मा स्थापना गरेको लायन्स क्लब अफ धरान घोपा युनाइटेडले स्थापना कालदेखि नै समाजप्रति उत्तरदायि हुदै “आरोग्यः मुभ फर हेल्थ“ अन्तर्गत दुर्गम ठाउँहरुमा र विपन्नकालागी निःशुल्क स्वास्थ जाँच शिविरहरु, “अन्नपूर्णः ह्यपी बेल्ली, ह्यापी फेसेस“ अन्तर्गत टोल विकास संस्थासङ समन्वय गरि गरिबहरुलाई खाद्यान्न बाड्ने, “बगानः आवर सिटि, गृन सिटि“ अन्तर्गत विभिन्न ठाउँहरुमा वृक्षारोपण, “बन्धनः द क्लोथ बैंक“ अन्तर्गत विपन्नलाई जाडो र गर्मीका लुगाहरु वितरण, “दिर्घजिवीः लिव्स लाइफ, गिव्स लाइफ“ अन्तर्गत “ब्लड अन कल“ कार्यक्रम, “मानवताः ह्याप्पी कृयेचर, ह्याप्पी न्याचर“ अन्तर्गत सडकका पशुहरुलाई खाना वितरण, “नवजिवनः होलिस्टिक रेज्युभिनेसन इन द हिलिङ स्पेस“ अन्तर्गत विपन्नको सम्पुर्ण उपचार, “निकेतनः वेयर डृम्स कम होम“ अन्तर्गत विपन्न र अपांगकालागी घर निर्माण, “निर्मलः आवर सिटि, क्लिन सिटि“ अन्तर्गत सरसफाइ कार्यक्रम, “प्याड बैंकः फर पिरियड्स विथ नो वरिज“ अन्तर्गत ग्रामिण र विपन्न महिलाहरुलाई निःशुल्क स्यानिटेरी प्याड वितरण, “सन्जिवनीः सेयरिङ मेडिसिन्स, स्प्रेडिङ स्माइल्स“ अन्तर्गत विपन्नकालागी मेडिसिन बैन्क, विद्यालयहरुमा “सुस्वाथ्यः इन्सपाइरिङ बेटर हेल्थ“ अन्तर्गत स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रमहरु, जुम मार्फत “डिकोडिङ लाइफलाइन्स विथ लियो लायन डा. अग्रवाल“ अन्तर्गत ग्लोबल सर्भिस एरियाका कार्यक्रमहरु तथा अन्य विविध शिक्षा र स्वास्थसँग सम्बन्धित कार्यक्रमहरु गर्दै आएको क्लवका चार्टेर प्रेसिडेन्ट लायन डा. शुभम कुमार अग्रवालले बताए । gggg