सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना स्थगित भएको छ । वडा नम्बर १ को १७ सय मत गणना भइरहेको अवस्थामा माओवादीको हसिया हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको भोट पनि गठबन्धन दल कांग्रेसका उम्मेदवार रमेश कार्कीको नाममै गणना गर्नु पर्ने माग राखेपछि मतगणना स्थगित भएको हो ।

vid2

बराहक्षेत्रमा गठबन्धन दलका तर्फबाट मेयरमा कांग्रेसका रमेश कार्की र उपमेयरमा माओवादी केन्द्रका अमित गौतम उम्मेदवार छन् । माओवादी केन्द्रले मेयरमा उम्मेदवार नै नउठाएको अवस्थामा मतपत्रमा मेयरको स्थानमा रहेको हसिया हथौडामा पनि मतदाताले छाप लगाएकाले उक्त मतलाई पनि गठबन्धनको मेयरको नाममा गणना गर्नुपर्ने माग भएकाले विवाद भएको हो ।

पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार निलम खनालले ६७८, गठबन्धन दल कांग्रेसका रमेश कार्कीले ५७२ मत ल्याएका छन् । उपमेयरमा एमालेकी नन्दकुमारी राईले ७११, गठबन्धन माओवादी केन्द्रका अमित गौतमले २५६ मत प्राप्त गरेका छन् । विवाद समाधानका लागि दुवै पक्षवीच छलफल गर्ने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।