सुन्दरहरैँचा/ मोरङ्गको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर २ मा टिकट बितरणपछि सानो उमेरका यूवाले टिकट पाएको भन्दै नेपाली कांग्रेसका केहि नेताले असन्तुष्ठि जनाएका थिए। तिनै यूवाले सुन्दरहरैँचामा पहिलो जित निकालेर कांग्रेसको खाता खोलेका छन्।

सुन्दरहरैँचा वडा नं २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बनेका बिवश प्रधानले प्यानलसहित वडाध्यक्षमा जित निकालेका हुन्। टिकट बितरणको समयमा अनेक प्रकारका विभिन्न आरोप प्रत्यारोप खेपेका प्रधानले अन्तत जित निकालेका छन्। अन्तरघातका बावजूद पनि जित्न सफल भएको भन्दै उनि निकट यूवाले सन्तोष ब्यक्त गरेका छन्। ssuha

कम उमेरका व्यक्तिलाई कांग्रेसले वडा अध्यक्षको टिकट दिएकोले क्षेत्रिय सभापति माथी विभिन्न टिकाटिप्पणी गरी आरोप लगाए ता पनि आजको जितले क्षेत्रिय सभापतिको कार्यकुशलताको प्रमाण दर्शाएको क्षेत्रीय सभापति देवराज तामाङ्गको सचिवालयले जनाएको छ।

सानो उमेरका उम्मेद्वार बनाएकाले शतप्रतिशत हार्ने टिकाटिप्पणी जनाउनेहरुलाई आजको जितले मौन रहि उत्तर दिईसकेको तामाङ्गको सचिवालयको जिकिर छ।