सुन्दरहरैँचा/ नेपाली कांग्रेस प्रदेश नम्बर १ का उपसभापति एवं राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीकै वडा सुन्दरहरैँचा ३मा नेपाली कांग्रेस पराजित भएको छ। राष्ट्रिय सभामा नेकपा एमालेका बिरुद्द खरो उत्रने रायमाझीले आफ्नै वडामा भने कांग्रेसलाई जिताउन नसकेका हुन्।

रायमाझीको वडामा नेकपा एमालेले शानदार जित निकालेको छ। रायमाझीको वडामा कांग्रेसले बिउ नै जोगाउन नसकेको स्थानीय कांग्रेस अगुवाले बताएका छन्। उनिसँग सोध्दा भने ‘सधैँ अरुका बिरुद्द कराएर नहुने रहेछ, आफ्नै वडाका कार्यकर्तालाई कराउन सकेनन् के गर्नु ? आफ्नै कार्यकर्ताले एमालेलाई हराउन सकेनन् ! आफ्नै पार्टी सके अघिल्लो पटक प्यानलै जितेको वडा सिनित्तै बढारियो’।

ति कांग्रेस अगुवाले भने ‘सुन्दरहरैँचा ३मा पूर्व वडाध्यक्ष अनि नेपाली कांग्रेस सुन्दरहरैँचा ३ का वर्तमान वडा सभापतिले नै आफ्नो पार्टीलाई अन्तरघात गरेर बिपक्षीलाई जिताएको अनुभव भएको छ। तपाँईकै मिडियामार्फत यो शन्देश पठाउँछु पार्टीले छानबिन गरोस’

तीन हजार ८ सय ९७ मत खसेको सुन्दरहरैँचा ३ मा नेकपा एमालेका बिदुर ढुंगानाले १ हजार ८सय ९१ मत प्राप्त गर्दै बिजयी भएका छन्। ढुंगानाका निकटतम् प्रतिद्वन्दि केन्द्रदिप पोख्रेलले १ हजार ४ सय २१ मत प्राप्त गरेका छन्।

यस्तै दलित महिला सदस्यमा १ हजार ७ सय ७६ मत प्राप्त गर्दै पबित्रा दमाई निर्वाचित हुँदा कांग्रेसकी बिन्दा बोगटीले एक हजार ४ सय ८९ मत प्राप्त गरेकी छन्। महिला सदस्यमा १ हजार ७ सय १३ मत प्राप्त गर्दै पूर्णमाया लिम्बु निर्वाचित हुँदा कांग्रेसकी रिता दाहालले १ हजार ३ सय ४५ मत प्राप्त गरेकी छन्। madan

यस्तै वडा सदस्य (खुल्ला सदस्य–१) मा एमालेका निलम अधिकारीले १ हजार ७ सय ३६ मत प्राप्त गर्दै बिजयी हुँदा कांग्रेसका मणि कोईरालाले १ हजार ३ सय ६८ मत प्राप्त गरेका छन्। वडा सदस्य (खुल्ला सदस्य–२)मा एमालेका ८१ बर्षीय नारायण भट्टराई‘बा’ १ हजार ६ सय ८० मत प्राप्त गर्दै निर्वाचित हुँदा कांग्रेसका रमेश थापाले १ हजार ४सय ४३ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ।

(सुन्दरहरैँचा ३का कांग्रेसका अगुवासँगको कुराकानीमा आधारित)