सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर-४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । विजय घोषणा संगै नेकपा एमालेले बराहक्षेत्रको चक्रघट्टीमा विजय जुलुस मनाई रहेको छ ।

asha3

नेकपा एमालेका तर्फबाट वडा अध्यक्षमा आशाराम चौधरी , खुला सदस्य तर्फ टंक बहादुर बिष्ट  र  किरण कुमार धामी  ,महिला सदस्य तर्फ राधा कुमारी चौधरी त्यसैगरी दलित महिला सदस्य तर्फ सम्झना मुसहरको प्यानल नै विजयी भएको हो । २०७४ सालको चुनावमा पनि उक्त वडामा आशाराम चौधरीले नै निर्वाचित भएका थिए ।

asha1

निर्वाचित चौधरीले १५२६ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्दी नुतन धामीले १०९२ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय बराहक्षेत्रले जनाएको छ । बराहक्षेत्रको १ र २ नम्बर वडामा पनि एमालेको प्यानल नै विजयी भएको हो । तर बराहक्षेत्र ३,९,१० र ११ मा भने नेपाली काङ्ग्रेसको प्यानल नै बिजयी भएको छ । हाल सम्मको मत परिणाममा मेयर पदमा भने निकै नै कडा प्रतिस्पर्धा भईरहेको छ । यो समाचार तयार पार्दा सम्म मेयर पदमा एमालेका निलम खनालले ८,३८९ मत र गठबन्धन तर्फका रमेश कार्कीले १०,८७७ मत प्राप्त गरेको जानकारी मतदान अधिकृतको कार्यालय बराहक्षेत्रले दिएको छ ।