सुन्दरहरैँचा/ मोरङ्गको सुन्दरहरैँचा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेद्वार शिव ढकालले सामाजिक सञ्जाल फेसबुकमा शनिबार बिहानै एउटा स्टाटस लेखे, उनको स्टाटस आए लगत्तै पक्ष बिपक्षमा सामाजिक सञ्जाल बाँडिएको छ। करिव ६हजार भन्दा बढि नै मत गन्न बाँकी रहँदै ढकालले आँफुलाई हराउन कांग्रेस नै लागेको भन्दै क्षेत्रीय सभापति र नगर सभापतिको नाम लेखेर ह्यासट्याग नै हालेर आरोप लगाए। 1111

ढकालले आँफु अझै थुप्रै मत गन्न बाँकी रहँदै नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६का सभापति देवराज तामाङ्ग र सुन्दरहरैँचाका नगर सभापति भक्तिप्रसाद सिटौलालाई लक्षित गर्दै तामाङ्ग र सिटौलाको असली अनुहार सुन्दरहरैचामा कसकसले चिन्नु भएको छ ? स्थानीय निर्वाचनमा उहाँहरुको भुमिका कस्तो रह्यो होला ? सातसुर्यमा भोट हलाउने योजनामा कति सफल भए? अरु नाम सिलसिलेवार आउँछ, प्रतिक्षा गर्नुहोस भन्दै लेखेका छन्।

त्यसो त ढकालले टिकट पाउने बेलामा पनि नगरसमितिले सिफारिस नै नगरेपछि ‘पावर’ नै लगाएर टिकट ल्याएका थिए। आँफु नगरसमितिको नजरमा नपरेपछि ब्याक हुनुपर्नेमा ‘पावर’ शो गरेका थिए। अनि अर्को प्रशङ्ग अघिल्लो पटक निर्वाचन जितेको सुन्दरहरैँचामा मोरङ्ग कांग्रेसले टिकट दिएकी इशरवति देवी चौधरीलाई नाटकीय तवरले ब्याक गराएर माओवादी केन्द्रका नवराज चापागाँईलाई उपमेयरमा अघि सार्दै माओवादीको जनमत बटुल्ने प्रयास गरेका थिए। सुन्दरहरैँचा ३मा पनि नेपाली कांग्रेसले पराजय भोगेको छ। त्यहाँ पनि अन्तरघात भएको प्रष्ट देखिन्छ तर आफ्नै समुहका नेता भएका कारण त्यहाँ भने ढकाल चुईँक्क बोल्न सकेका छैनन्। २०७४ सालको चुनावमा झिनो मतान्तरले जितेका ढकाल थुप्रै मत गन्न बाँकी छँदै अताल्लिएका देखिन्छन्।

ढकाललाई आफ्नै पार्टीका थुपै यूवालेसमेत गिज्याएका छन्। एक यूवाले सामाजिक सञ्जालमा अर्का प्रत्यासी अघि लाग्ने बित्तिकै अताल्लिएका ढकाललाई कटाक्ष गरेका छन्। उनले लेखेका छन् ‘अघिल्लो पटक अर्कैको बुई चढेर अग्लो भएको हैन शिव जी, ०७४मा कांग्रेसको मतले नभएर अर्कै पार्टीको मान्छेको बुई चढेर चुनाव जितेको बिर्सनुभयो ? अर्को पार्टीको मान्छेले आफ्नै उम्मेद्वारलाई भोट दिए होलान अनि पछि पर्नुभयो....’ raj pokhrel

यस्तै नेकपा एमाले सुन्दरहरैँचा नगरकमिटिका सचिवालय सदस्य एवं राष्ट्रिय यूवा संघ मोरङ्गका सचिवालय सदस्य प्रविन घिमिरेले एमाले सुन्दरहरैँचामा आफ्नै बलमा चुनाव जित्न सक्षम रहेको भन्दै एमालेले चुनाव जित्न कांग्रेसले अन्तरघात गरिदिईराख्नु नपर्ने भन्दै कटाक्ष गरेका छन्। prabin

घिमिरेले फेसबुकमा लेखेका छन्“जतिबेला सुन्दरहरैँचामा नेपाली कांग्रेसलाई जगाउन लाग्नुहुने आदरणीय ब्यक्तित्व भक्ति सिटौला, देबराज तामाङ, ललित श्रेष्ठको नाम सुनिन्थ्यो त्यो समय शिब जिको नाम सायदै आउदैन थियो सेटिङमा माहिर उहाँ यहाँका अग्रजलाई पछि पार्दै अघिल्लो चुनाबमा नेपाली कांग्रेसको तर्फबाट टिकट ल्याउनुभयो। जम्मा ६२जना उम्मेदवार मध्ये उप–मेयरसहित ४३ जना बहुमतका साथ एमालेले जित्यो भने मेयर सहित १९जना कांग्रेसले जित्यो, शिब जीलाई प्रशस्तै मौका थियो ५बर्ष सत्ता उहाँकै पोल्टामा पर्यो, जन अपेक्षा अनुसार काम गर्न सक्नुभएन, गठबन्धन गर्दा पनि कमजोर अबस्थामा देखिनुभयो पार्टी भित्र पनि जिल्ला सचिबमा पराजय भईसकेका शिब जी नगरको मेयरमा कमजोर अबस्थामा आईपुग्नुमा उहाँ स्वयम् कै कमजोरी देखिन्छ यसको प्रमुख कारण सत्तामा हुँदा शक्तिको आडमा गरिएको अनियमितता, यहाँको जनताले सेवाग्राही हुँदा पाएको दुख झन्झटलगायत धेरै छ। अहिले उहाँ अन्य नेताहरुलाई आरोप लगाएर आँफु ‘पानि माथीको ओभानो’ रहने अबस्था देखिदैन पाँचबर्ष जनताले मौका दिँदा पुनः पार्टिलाई बिजय गराउन नसक्नु या कमजोर अबस्थामा पु¥याउनु प्रमुख दोष जनप्रतिनिधि कै हुन्छ, राम्रो भएको भए सवै मैले गर्दा, बिग्रेको जति सवै अरुले गर्दा भन्ने खालका अभिब्यक्ति बालापन, अपरिपक्क र हतास अभिब्यक्ति हो। म फरक पार्टी बिचारको ब्यक्ति भएपनि यति दावाका साथ भन्न सक्छु र सबै जनताले देखेको कुरा हो हिजो कमजोर र खराव समयमा नेपाली कांग्रेस जगाउने संगठन गर्ने र हिजो बिजय गराउने अग्रज भक्ति सिटौला, देवराज तामाङ्ग नै हो अवको हार स्वयंम उहाँकै कारणले हो, देखेको, बुझेको कुरा एक आम नागरिकको हैसियतमा”।

यो पनि नछुटाउनुस है : प्रदेश उपसभापति एवं राष्ट्रिय सभा सदस्य रायमाझीकै वडामा हार्‍यो कांग्रेस