इटहरी/ सुनसरीको इटहरीमा एमालेले उपमेयरमा संगिता चौधरीसहित १४वटा वडा, कांग्रेसले मेयरमा हेमकर्ण पौडेलसहित ५वडा र एमालेका एकजना बाघि उम्मेद्वारले निर्वाचन जित्दा माओवादी केन्द्र र नेकपा एस निल खाएका छन्। कांग्रेसले मेयरसहित पाँचवटा वडा एमालेले उपमेयरसहित १४वटा वडा जितेको छ।

आईतबार बिहान सार्वजनिक भएको इटहरीको अन्तिम मतपरिणाम अनुसार इटहरीको नगरकार्यपालिकामा नेकपा(माओवादी केन्द्र) र नेकपा एसले एक सदस्यपनि जित्न नसकेका हुन्।

इटहरीको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेलले एमाले उम्मेद्वार यामकुमार सुब्बाको भन्दा ५हजार १८मत बढि ल्याएर निर्वाचित भएका छन्। पौडेलले ३३हजार ४९मत प्राप्त गर्दा सुब्बाले २८हजार ३१मत प्राप्त गरे। यस्तै उपमेयरमा एमालेकी संगिता चौधरीले गठबन्धनबाट उपमेयरमा उम्मेद्वार बनेका राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव केशव बिष्टको भन्दा १४हजार ४सय ५बढि मत प्राप्त गर्दै निर्वाचित बनिन्। चौधरीले ३२हजार ४सय ३६ मत प्राप्त गर्दा बिष्टले १८हजार ३१मत प्राप्त गरेका छन्।

नेकपा एमालेले वडा नम्बर २, ३, ४, ५, ७, ९,१०, ११, १२, १५, १६, १७, १८ र १९गरेर १४वटा बडामा वडाध्यक्ष जितेको छ। एमालेका तर्फबाट वडा नम्बर २मा ३हजार २सय २७ मतका साथ माधव कोईराला, वडा नम्बर ३मा ९सय ६८मतका साथ उमेश सुवेदी, वडा नम्बर ४ मा २ हजार ३ सय ७२ मतका साथ भक्त लामा, वडा नम्बर ५मा ३हजार १९मतका साथ भिष्म घिमिरे, वडा नम्बर ७मा १हजार ३सय १५मतका साथ देवनारायण चौधरी, वडा नम्बर ९मा १हजार ४सय ६०मतका साथ जितेन्द्र थापा, वडा नम्बर १०मा १हजार २सय ९मतका साथ अवधेश चौधरी निर्वाचित भएका छन्।

यस्तै वडा नम्बर ११मा ७ सय ८०मतका साथ केशव कोईराला, वडा नम्बर १२मा ८सय २६मतका साथ भुवनराज पोख्रेल, वडा नम्बर १५ मा ७ सय ९मतका साथ जयनारायण चौधरी, वडा नम्बर १६मा २हजार ३सय ३३ मतका साथ तेजनारायण चौधरी, वडा नम्बर १७मा २हजार २सय २२मतका साथ प्रभातकुमार आचार्य, वडा नम्बर १८मा १हजार १सय ६६मतका साथ रामकुमार चौधरी, वडा नम्बर १९मा १हजार ८सय ८१मतका साथ श्री नारायण चौधरी निर्वाचित भएका छन्।

यस्तै वडा नम्बर १४मा भने वडा नम्बर १४मा भने एमालेकै बाघी स्वतन्त्र उम्मेद्वार रमेश प्रसाद चौधरी ८सय ६७ मतका साथ निर्वाचित भएका छन्।

यस्तै कांग्रेसले वडा नम्बर १, ६, ८, १३ र २० गरेर पाँचवटा वडा जितेको छ। कांग्रेसको तर्फबाट वडा नम्बर १मा रतन कार्की १हजार ७ सय ४७ मतका साथ बिजयी भएका छन्। यस्तै वडा नम्बर ६मा दिवस पोख्रेल १हजार ३ सय ४ मतका साथ निर्वाचित भएका छन्। वडा नम्बर ८मा २हजार १सय ७८मतका साथ निर्वाचित भए भने वडा नम्बर १३मा १हजार ५सय ४१मतका साथ चन्देश्वर सरदार निर्वाचित भएका छन्। यस्तै वडा नम्बर २०मा मणिराम श्रेष्ठ २हजार ४सय ६मतका साथ निर्वाचित भएका छन्।

इटहरीमा नेपाली कांग्रेस नेकपा माओवादी र नेकपा एसको गठबन्धनमा एसले उपमेयर केशव विष्टसहित वडा नम्बर १४मा वडाअध्यक्षमा उम्मेद्वारी पाएको थियो। वडाध्यक्षको उम्मेद्वार बनेका नेकपा एसका प्रेमचन्द्र रौतारले ३सय ७मत ल्याएर वडामा राप्रपाका उम्मेद्वार भन्दा पछाडी चौथो भए।

यस्तै नेकपा माओबादीले वडा नम्बर १० र १८ मा वडाध्यक्षमा उम्मेद्वारी पाएको थियो। वडा नम्बर १०मा माओवादीका वडाध्यक्षका उम्मेद्वार झमक पराजुलीले ९सय ३७मत ल्याएर वडामा दोश्रो भए। यस्तै वडा नम्बर १८मा राजदेव चौधरीले ७ सय १६मत ल्याएर वडामा दोश्रो बने। नेकपा एस र माओवादी केन्द्रले कुनैपनि पदमा जित निकाल्न नसक्दा इटहरीको नगरकार्यपालिकामा निल भएका छन्।

यस्तै कांग्रेसले वडा नम्बर २०मा मात्रै प्यानलै जितेको छ। यसैगरी वडा नम्बर १मा खुल्ला सदस्य–१मा एमालेका ज्ञानेन्द्र गौतम १हजार १५मत प्राप्त गर्दै निर्वाचित भएका छन्। गौतमको स्थानमा गठबन्धनका तर्फबाट माओबादी केन्द्रका जीवनाथ धमला उम्मेद्वार थिए उनले ६सय ३मत प्राप्त गरेका छन्।

यस्तै वडा नम्बर ६मा एमालेका खुल्ला सदस्य २मा लक्ष्मिप्रसाद श्रेष्ठ १हजार १मतका साथ निर्वाचित भएका छन्। श्रेष्ठको स्थानमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नबिन तामाङ्ग उम्मेद्वार थिए। तामाङ्गले ३सय ९७मत प्राप्त गरेका छन्।

यस्तै वडा नम्बर ८मा पनि महिला सदस्यमा दिपा राई १हजार ७सय २७मतका साथ निर्वाचित भएकी छन्। यहाँ माओबादी केन्द्रकी सञ्जिता बराईली श्रेष्ठ उम्मेद्वार थिईन उनले ५सय ८मत प्राप्त गरिन्। यस्तै वडा नम्बर १३मा पनि एमालेका खुल्ला सदस्य १मा नयन्द्र बस्नेत १हजार ४सय २२ मतका साथ निर्वाचित भएका छन्। बस्नेतको स्थानमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रेवती प्रसाद प्याकुरेल उम्मेद्वार थिए। प्याकुरेलले २सय १४मत प्राप्त गरेका छन्।

माओवादी यसअघीको कार्यपालिकामा निल थियो भने एसबाट पहिला एमाले छँदै कार्यपालिकामा मनोनित नगरकार्यपालिका सदस्यको रुपमा गौरीमान परियार थिए। नयाँ सत्ता समीकरणमा एमालेको एक्लो बहुमत भएकोले अवको मनोनित नगरकार्यपालिका सदस्य पनि एमाले वृत्तकै हुने भएको छ।