इटहरी/ पेट्रोलियम पदार्थको मुल्यबृद्विको बिरोधमा मंगलबार सुनसरीको इटहरीमा पनि प्रदर्शन भएको छ। एमालेका तीनवटा भातृ संगठनले प्रदर्शन गरेका हुन्।

पेट्रोलियम पदार्थको मुल्यबृद्विको बिरोधमा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको देशब्यापी कार्यक्रम अन्तरगत इटहरीमा राष्ट्रिय युवा संघ नेपाल सुनसरी, युथ फोर्स नेपाल सुनसरी, अनेरास्ववियु जिल्ला कमिटि सुनसरीले संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले सरकार अनि प्रधानमन्त्री बिरुद्व चर्को नाराबाजी गरेका थिए। इटहरी नगरपालिका कार्यालय अगाडीदेखि शुरु भएको प्रदर्शन इटहरीको बिरेन्द्र चोकको परिक्रमा पश्चात कोणसभामा परिणत भएको थियो। IMG_4903

कोणसभामा राष्ट्रिय युवा संघ नेपाल सुनसरीका अध्यक्ष सुजन लामाले सरकारले जनतालाई सहज सेवा प्रदान गर्नुको सट्टा हरेक साताजसो मुल्यबृद्वि गरेर ढाड सेक्ने काम गरेको बताउनुभयो।

लामाले कोण सभामा एमालेका प्रदेश एक सचिवालय सदस्य हिमाल सुवेदी माथी भएको आक्रमणको निन्दा समेत गर्नुभएको छ। उहाँले प्रशासनले आक्रमणमा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गर्नसमेत आग्रह गर्नुभएको छ।

राष्ट्रिय युवा संघ नेपाल सुनसरीले भोलि पनि बिरोधका कार्यक्रम जारी रहने जनाउँदै आम जनतासँग सरोकार राख्ने बिषय भएको हुँदा प्रदर्शनमा सहभागी हुन अनुरोध गरेको छ।