केराबारी/ केराबारी गाउपालिकाकास्थित केराबारी पालिका अस्पतालमा ६०बर्ष भन्दा माथीका सबै जेष्ठ नागरीकहरुको बिभिन्न टेष्टहरुमा शुल्क नलाग्ने भएको छ। नवनिर्वाचित अध्यक्ष सुमन मिरिङ्गचिङ्गले मंगलबार अस्पताल निरिक्षणका क्रममा शुल्क नलिन निर्देशन दिएपछि शुल्क नलाग्ने भएको हो।

अध्यक्ष मिरिङ्गचिङ्गले जेष्ठ नागरिकहरुका लागि आधारभुत रगत परिक्षण (TC,DC,HB,SUGAR) र दिशा,पिसाव निःशुल्क परिक्षण गर्ने बुधबार(आज) देखि नै लागू हुने गरी गर्न निर्देशन दिएका हुन्। निरिक्षणको क्रममा अध्यक्ष मिरिङ्गचिङ्गले अस्पतालका कर्मचारीहरुसंग अस्पतालमा आवश्यक उपकरण,जनशक्ति लगायतको व्यवस्थापन सम्बन्धि अन्तरकृया, निर्माणाधिन अवस्थामा रहेको १५ सैयाको अस्पतालको कार्यप्रगति सम्बन्धि जानकारी लिनुभयो ।

‘स्वस्थ्य केराबारी’ अभियानलाई साकार बनाउन स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउन डिजिटल एक्सरे, स्वास्थ्य बिमाको फार्मेसी, आवश्यक कोठाहरु व्यवस्थापन गरी तत्काल शैयाहरु राख्न निर्देशन समेत दिएका छन्।

निर्माणधिन पालिका अस्पतालको काम पनि द्रुत गतिमा अघि बढाउन पनि अध्यक्षले निर्देशन दिएको अध्यक्षको सचिवालयले जनाएको छ। मंगलबार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं वडा नम्बर १०का वडाध्यक्षले केराबारी पालिका अस्पतालको अनुगमन गरेका थिए। nirikchan

यसैगरी केराबारी गाउँपालिकाका दशवटै वडाका सामुदायिक तथा संस्थागत बिद्यालय तथा वालबिकास केन्द्रहरुमा अध्ययनरत वालवालिकालाई तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट बिद्यालयमा नै गएर स्वास्थ्य परिक्षण गरी शारिरिक तथा मानसिक समस्या पहिचान गर्ने र समस्या देखिएका बालवालिकालाई निःशुल्क उपचार गर्ने नवनिर्वाचित उपाध्यक्ष मनमाया मगरले पदभार पछिको पहिलो निर्णय गरेकी छन्। Manmaya 1