संखुवासभा/ संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर दुईजनाको ज्यान गएको छ। बुधबार बिहान ११बजे झरेको सुख्खा पहिरोले पुरिएर उनिहरुको ज्यान गएको हो।

बुधबार बिहान चैनपुर नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने क्रममा ११ बजे तिर माथीबाट झरेको सुख्खा पहिरोले पुरिएर सडक निर्माणमा खटिएका सुनसरी धरानका ३५बर्षीय रामकुमार राई र चौदण्डीगढी नगरपालिका–६ उदयपुरका २०बर्षीय हेमबहादुर मगरको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई पहिरोमा पुरिएका दुबैजनाको उद्धार गरी शव परिक्षणको लागी जिल्ला अस्पताल खाँदवारी पठाएको र थप अनुसन्धान भईरहेको इप्रका चैनपुरलाई उद्यृत गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।