सुन्दरहरैँचा/ सुन्दरहरैँचामा नेपाली कांग्रेस पराजित भएको बिषयमा एक अर्कालाई गर्ने आरोप प्रत्यारोपको क्रम अझै सकिएको छ। नेपाली कांग्रेस मोरङ्गको सुन्दरहरैँचा ५ स्थित वडा समितिले गरेको शनिबार गरेको निर्वाचन समिक्षा कार्यक्रममा पुन आरोप प्रत्यारोप चलेको हो।

सुन्दरहरैँचा ५ का वडाध्यक्षका उम्मेद्वार रामप्रसाद रिजालले वडामा आफ्नै कार्यकर्ताले कांग्रेसलाई मत नहालेको भन्दै आक्रोश पोखेका छन्। उनले कांग्रेसको तर्फबाट सुन्दरहरैँचामा मेयरका उम्मेद्वार बनेका शिव ढकालले वडा नम्बर ५ मा आएर आफ्ना लागि मात्र भोट मागेको दावी गर्दै आँफु पराजित हुनुपर्ने कारण ढकाल पनि रहेको आरोप लगाएका छन्। रिजालले पाँच नम्बर वडामा सभापतिका प्रत्यासी बनेका प्रकाश सिग्देल, नयाँ बृन्दाबन गौशालाका गुरुदेखि लिएर अन्य ब्यक्तिले समेत आँफुलाई हराएको आरोप लगाएका छन्। (आरोपको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।)

यस्तै रिजालले नेपाली कांग्रेस नगर समितिले समेत असहयोग गरेको भन्दै कुनैदिन पनि नगरसमितिका सदस्यहरु आँफुसँग निर्वाचन प्रचारप्रसार देखि लिएर अन्य निर्वाचन कार्यक्रममा सहभागी नभएको आरोप लगाएका छन्।

वडामा १ सय ७३ जना कांग्रेसका कृयाशिल सदस्य रहेको भएपनि भोट माग्ने बेलामा, घरदैलो कार्यक्रममा जम्मा ५० जना मात्र हुने गरेको दावी गर्दै कांग्रेस हराउन कृयाशिल सदस्य नै लागेको आशय प्रस्तुत गरेका छन्। रिजालले आँफु हारेको नभई वडामा कांग्रेस हारेको भन्दै कृयाशिल सदस्य के का लागि भन्दै प्रश्न गरेका छन्।

यसअघि कांग्रेसकै सँस्थापनि पक्षले गरेको चुनावी समिक्षा कार्यक्रममा नगर देखि वडा सम्म कांग्रेसकै कारण कांग्रेस हारेको भन्दै नगर सभापति भक्ति सिटौला अनि क्षेत्रीय सभापति देवराज तामाङ्गले अन्तरघात गरेको भन्दै बोलेको भिडियो सामाग्री सामाजिक सञ्जालमा भाईरल भएको थियो।

कसरी हार्‍यो कांग्रेस
मोरङ्गको सुन्दरहरैँचा नगरपालिकामा नेपाली कांग्रेसको दुवै समुह शशक्त रुपमा छन्। दुवै समुहको रापताप उत्तिकै छ। नगर समिति कांग्रेसको शेखर कोईराला पक्षको एकलौटी नै छ। उसो त नगर सम्मेलनको बेला पनि कांग्रेस सुन्दरहरैँचामा राम्रै राजनीति चलेको थियो। राजनीतिक रुपमा सुन्दरहरैँचामा देउवा पक्ष कमजोर साबित भयो। अनि नगर उपसचिव एकजना मात्र सर्वसम्मत भए। त्यहि पनि कोईराला पक्षका उम्मेद्वारको उम्मेद्वारी रद्द भएका कारण। 

उसो त नगर समितिले मेयरको लागि सिफारिस गर्दा निवर्तमान मेयर शिव ढकाललाई उम्मेद्वारमा सिफारिस नै गरेन। नगर समितिले सिफारिस नगरेपनि ठुलै ‘पावर’ लगाएर ढकालले मेयरको टिकट ल्याएरै छाडे।

अनि उपमेयरका लागि प्रदेश समितिले इशरवति कुमारी माझीलाई टिकट दियो तर पनि नगर समितिमा कुनै छलफल नै नगरी नगर समितिको निर्णय बिना नै ढकालले माझीलाई ब्याक गराएर माओबादी केन्द्रका नवराज चापागाँईलाई उपमेयर बनाएर चुनावी मैदानमा होमिएका थिए। नगरमा राम्रालाई हैन हाम्रालाई टिकट दिईनुपर्ने आदि जस्ता कारणले सुन्दरहरैँचामा कांग्रेस पछि परेको देखिन्छ।

त्यसो त सुन्दरहरैँचामा नेकपा एमाले कमजोर चाँहि हैन किन भने २०७४को स्थानीय निर्वाचनमा आन्तरीक समस्याका कारण अहिलेका मेयर केदार गुरागाँई पराजित भएका थिए। उनि एमालेका शशक्त उम्मेद्वार चाँहि पक्कै हुन्। अनि सुन्दरहरैँचामा एमालेको राम्रै बर्चस्व पनि देखिन्छ।

अनि अघिल्लो पटक असन्तुष्ट कम्युनिष्ट कार्यकर्ता अनि मतदाताले मतदान गरेर निर्वाचित भएका कांग्रेसका स्थानीय अगुवाहरु अन्तरघात अन्तरघात भनेर रटान गरिरहेका छन्।