केराबारी/ मोरङ्गको महत्वकांक्षी योजनाको रुपमा रहेको सुन्दरपुर-डाँगी-याङ्गशिला-ओख्रे सडकको केराबारी ७का जनप्रतिनिधी लगायतले स्थलगत निरिक्षण गरेका छन्। पूर्वीखबरको बिशेष पहलमा जनप्रतिनिधी सम्मिलित टोलिले शनिबार निरिक्षण गरेको हो।

सुन्दरपुर–डाँगी–याङ्गशिला–ओख्रे सडकको चारकोशे झाडिखण्डका करिव ३०स्थानमा सडक भत्किएको पाईएपछि पूर्वीखबरले स्थानीय उपेन्द्र घिमिरेसँग समन्वय गरेको थियो। घिमिरेसँगको समन्वयपछि स्थानीय जनप्रतिनिधिहरुलाई सडकको अनुगमन गराएर माथिल्लो निकायसँग मर्मतको लागि पहल गर्ने सल्लाह अनुरुप सडकको निरिक्षण गरिएको हो। IMG_4929

निरिक्षणका क्रममा सडकको पश्चिम तर्फको अधिकांश स्थानमा पानि पर्दा बग्ने भेलका कारण सडकलाई क्षति पुगेको पाईएको छ। भेलले सडकको नालि गहिर्‍याउँदा सडकको छेउ भत्किन थालेको पाईएको छ।

यस्तै नालिको छेउमा भएका रुखको जराका कारण भेल थुनिने अनि भेल सडकतर्फ बग्दा सडकको गिट्टि बालुवा बगाएको, ठाउँ ठाउँबाट पुन नालिमै पानि झर्दा सडकको भाग भत्किएको पाईएको छ। IMG_4933

निरिक्षणका क्रममा जनप्रतिनिधिहरुले तत्काल सडकको मर्मत नगरे बर्षा याममा बर्षाका क्रममा सडकको अझै क्षति हुने बताएका छन्। यस्तै पूर्वीखबरले जनप्रतिनिधिहरुलाई नालिको छेउमा भएका रुखका जराहरु काट्न, सडकको दायाँबायाँ दुवैतर्फबाट सडकलाई छोप्ने हाँगाबिँगा काट्न लगाउन सुझाव दिएको छ।

यसैगरी भत्किएका ठाउँमा तत्काल जालि नहाले थप क्षति भएर आवागमनमा असर पुग्ने हुँदा तत्काल कदम चाल्न सुझाव दिएको छ। सुझाव सुनिसकेपछि केराबारी ७ का वडाध्यक्ष खगेन्द्र निरौलाले केराबारी गाउँपालिकामा यसका लागि अनुरोध गर्ने बताउनुभयो। IMG_4921

अनुगमनमा पूर्वीखबरका सञ्चालक सम्पादक त्रिलोचन पौडेल, केराबारी ७का निवर्तमान वडाध्यक्ष नारायण चेम्जोङ्ग, केराबारी ७का वडा सदस्यहरु शोकबहादुर बस्नेत, रेखा बिश्वकर्मा, नरबहादुर लुंगेली मगर, स्थानीय उपेन्द्र घिमिरे, रबि पूर्वछाने मगर, चुडामणी पोख्रेललगायतको सहभागिता थियो।

अनुगमन अगाडी पूर्वीखबरका सञ्चालक/सम्पादक त्रिलोचन पौडेलले केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्ग मगर, उपाध्यक्ष मनमाया मगर, सुन्दरहरैँचाका मेयर केदार गुरागाँईलाई भेटेरै ध्यानाकर्षण गराएको बताउनुभयो। ध्यानाकर्षणपछि अध्यक्ष, उपाध्यक्ष अनि सुन्दरहरैँचाका मेयर गुरागाँईले आवश्यक सहयोग गर्ने प्रतिबद्दता जनाउनुभएको सञ्चालक/सम्पादक पौडेलले बताउनुभयो। IMG_4918

सडक अनुगमनका लागि केराबारी ६का वडाध्यक्ष उपेन्द्र लुंगेली मगर, सुन्दरहरैँचा ५का वडाध्यक्ष गणेश चौधरी, सुन्दरहरैँचा ६का वडाध्यक्ष सन्तोष लिङ्देनलाई आग्रह गरिएको भएपनि कार्यब्यस्तताका कारण सहभागि हुन सक्नुभएन। उहाँहरुले समय मिलाएर निरिक्षण गरेर माथिल्लो निकायमा जानकारी गराउने प्रतिबद्दता जनाएका छन्।