इटहरी/ सामाजिक रुपान्तरणका लागि लोकतान्त्रिक अभियान नेपालले इटहरी उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ। अभियानका संयोजक पदम अधिकारी सम्मिलित टोलिले सोमबार मेयर हेमकर्ण पौडेल र उपमेयर संगिता चौधरीलाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाएको हो।

गत स्थानीय निर्वाचनमा इटहरी उपमहानगरबाट मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका अधिकारीले इटहरीका नगरप्रमुख पौडेल र उपमेयर चौधरीलाई सुझावसहितको ध्यानाकर्षण पत्र बुझाएका हुन्। IMG_5061

बिभिन्न पार्टी एवं संघ संस्थाले बधाई दिने क्रममा मागसहितका ध्यानाकर्षण बुझाई रहेकोमा अधिकारी सम्मिलित टोलिले भने सुझावलाई ध्यानाकर्षणमा समावेश गरेका छन्।

लोकतन्त्रमा दलतन्त्र होइन जनतन्त्र चाहिन्छ दलको प्रतिनिधि होइन जनताको प्रतिनिधि चाहिन्छ भन्ने नाराका साथ चुनावमा होमिएका अधिकारीले आफूले निर्वाचनमा प्रस्तुत गरेको कार्यान्वायन पत्रकै ढाँचामा मेयर उपमेयरको ध्यानाकर्षण गराएका हुन्।

बृद्ध बृद्धाका लागि दोश्रो जीवनघर बनाउने, जनलोकपाल आयोग गठन गरेर इटहरीमा हुने भ्रष्ट्राचार नियन्त्रण गर्ने जस्ता सुझाव अधिकारीले मेयर पौडेल र उपमेयर चौधरीलाई बुझाएका छन्।

इटहरीले भोगिरहेका समस्याको चित्रण गराउँदै यसलाई कस्तो तरिकाले समाधान गर्न सकिन्छ भनेर पनि ध्यानाकर्षण पत्रमा राखिएको छ। इटहरीमा डिजिटल तथ्याङ्कको अभाव रहेको अभियानका संयोजक अधिकारीको ठम्याई छ। अधिकारीले स्थानीय सरकारले पहिलो काम डिजिटल तथ्यांक संकलन गरि दक्ष एवं बिज्ञ जनशक्तिसहित इटहरीको समग्र तथ्यांकलाई डिजिटल रुपमा ब्यबस्थित बनाउनुपर्ने आवश्यकता औल्याएका छन्।

यसैगरी बाढी तथा डुवानको समस्या औँल्याउँदै अधिकारीले बाढीको श्रोत सेरा खोलालाई जेष्ठ मसान्त भित्रमा धरान उपमहानगरपालिकाको सहकार्यमा जंगल भन्दा १ मिटर होचो हुने गरि बालुवा गिटी झिकेर सेराखोला नियन्त्रण गर्नुको साथै बाढी नियन्त्रणमा खर्च गर्नुको बदला खोलाबाट आम्दामी हुने तर्फ सचेत गराएका छन् त्यसका लागि ऐन बनाइ कार्यान्वयन गर्न सुझाव दिईएको छ।

नगरको उत्तरमा रहेको जंगलमा बर्षाको पानी संकलन गर्न जलसञ्चय पोखरी बनाई बर्षाको पानी सञ्चय गरि बाढी नियन्त्रण गर्न, बाढीको कारण डुवानको महेन्द्र लोकमार्गको इटहरी खण्डमा रहेका ५० वटा कलभर्ड र ह्युमपाइप रहेको बताउँदै यिनलाई खुलाउने काम गर्न भ्याए धेरै डुवानको समस्या समाधान हुने बताएका छन्।

मेयरका प्रत्यासी अधिकारीले इटहरीमा विकास नहुनुलाई गुरुयोजाको अभाव भएको भन्दै पहिलो स्थानीय सरकार भएकोले इटहरीको सम्बृद्धि र सुशासनको लागि गुरुयोजना बनाइ आवधिक योजना निर्माण गर्नुपर्ने औल्याएका छन्।

पारदर्शीताको अभाव, अब्यबस्थित भूउपयोग,आगलागी समस्या, पैसा पलायनको समस्या,सार्बजनिक शौचालय समस्या,अब्यबस्थित बसोबासको समस्या,बहुकर प्रणाली, बहाल कर,बजार ब्यबस्थापनको समस्याः,ट्राफिक अनुशासन,सांस्कृतिक भूमिको अतिक्रमण, इटहरी चौक, कार्यालयलाई इटहरीको समस्याको रुपमा चित्रण गर्दै अधिकारीले यसको समाधानसहितको ध्यानाकर्षण पत्र मेयर र उपमेयरलाई बुझाएका हुन्।

यस्तो छ ध्यानाकर्षण पत्र :

1 2 3 4 5 6 7 8 9 10 11 12