सुनसरी/ एनआईसी एशिया बैंकले डिजिटल भुक्तानी प्रवर्धन गर्न सुनसरीको धरान शाखाबाट ठूलो संख्यामा क्यूआर कोड वितरण गर्न थालेको छ। बैंकले धरानका २०० वटा अटो रिक्सा एवं सिटी सफारी जस्ता सवारी साधनहरुमा शुरुवाती चरणमा क्यूआर कोड बितरण गरेको हो ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने रणनीति लिएको एन आई सी एशिया बैंकले डिजिटल भुक्तानी प्रवर्धन गर्न क्यूआर कोड वितरण थालेको हो।

बैँकले सोमबार एक कार्यक्रमका बीच बैंकका प्रदेश १ का प्रमुख बिकास खरेलले धरानमा डिजिटल कारोबार बढाउन नगर क्षेत्र भित्र रहेका २०० इ–रिक्सा सदस्यलाई क्यूआर भुक्तानी सेवा वितरण गर्नुभएको हो। क्यूआर कोड सेवा लिन बैंककोे सर्वश्रेष्ठ सहज बचत खाता खोलेका ग्राहकलाई बैंकले शुन्य मौज्दातमै १ वर्षको निम्ति १० लाख रुपैँया बराबरको दुर्घटना बीमा समेत उपलब्ध गराएको छ।

क्यूआर सेवाबाट कारोबार गर्दा समग्र नगर क्षेत्रमा डिजिटल कारोबारलाई बढाउन टेवा मिल्नेमा आँफुहरु बिश्वस्त रहेको भन्दै बैंकका प्रदेश १ प्रमुख बिकास खरेलले भन्नुभयो, ‘बैंकले दिन लागेको निःशुल्क १० लाख रुपैयाँको दुर्घटना बीमाले यातायात सेवा प्रदायकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यलाई मलम लगाउन समेत ठूलो सहयोग मिल्नेछ।’

क्यूआर बितरण कार्यक्रममा धरान उप–प्रादेशिक प्रमुख दशरथ पराजुलीले यसरी क्यूआर कोडबाट डिजिटल भुक्तानी लिई बैंकमा बचत गर्दा आम्दानीको उचित सदुपयोग हुने बताउनुभयो।

बैंकले थालेको क्यूआर कोड वितरण अभियानले झुम्का क्षेत्रमा रहेका यातायात प्रणालीहरुमा डिजिटल कारोबार गर्दा नगद कारोबारमा जस्तो खुद्रा नोटको जोहो गर्न समेत नपर्ने हुँदा यसबाट सवारी साधन प्रयोगकर्ता एवं सेवा प्रदायकलाई खुद्रा रकमको जोहो गर्नुपर्ने झन्झबाट समेत मुक्ति मिल्ने बिश्वास बैंकले लिएको छ।

बैंकले नेपाल सरकारको नगदरहित कारोबार बढाउने रणनीतिलाई पछ्याउदै देशका हरेक क्षेत्रमा बढी भन्दा बढी क्षेत्रहरुमा क्यूआर भुक्तानी सेवा वितरण गर्ने अभिलाशा लिइरहेकोमा प्रदेश १ का विरटनगर, इटहरी, धरान, दमक, विर्तामोड लगायतका क्षेत्रमा २५०० वटा भन्दा क्षेत्रमा बढी क्यूआर कोड वितरण गर्ने तयारी गरिरहेको छ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर ३सय ५९ शाखा कार्यालयहरू, ४सय ७३ एटिएम, १सय २ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको छ।

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोश्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनैपनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।