सुनसरी/ सुनसरीको इटहरी ३ मा निर्माणाधिन उर्गेन छ्योइलिङ गुम्बाको निर्माण कार्यले तिब्रता पाएको छ। गुम्बामा (बुद्ध) देवताको मुर्तिलाई विधिवत रुपमा राख्ने (ह्राप्ने) कामको थालनी भएको छ।

प्रदेश १ कै उत्कृष्ट पर्यटकीय गन्तब्य तालतलैयाको पूर्वपट्टिको तामाङ्गको बस्तिको सिरानमा रहेको उर्गेन छ्योइलिङ गुम्बामा बुद्व भगवानको मुर्तिको ह्राप्ने बिधिका लागि मुर्ति राखेर देवताको थानलाई श्रृङ्गारिने काम धमाधाम हुनका साथै गुम्वाको बाहिरी भागमा प्लाष्टर एवं माथिल्लो तलामा रेलिङ्ग हाल्ने काम भईरहेको छ। gumba

स्थानीय वडा कार्यालयको बजेट र जनसमुदायबाट प्राप्त आर्थिक सहयोगबाट गुम्बा निर्माणको कामलाई अघि बढाईएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष रत्न स्याङ्बोले बताउनुभयो।

गुम्बाको निर्माण सम्पन्न गर्न बलबहादुर गोम्देनको अध्यक्षतामा आर्थिक संकलन समिति गठन गरि आर्थिक संकलन कार्य पनि जारी राखिएको गुम्बा व्यवस्थापन समितीका अध्यक्ष रत्न स्याङ्बोले जानकारी दिनुभयो। gumba 3